शिक्षा तथा नेतृत्व विकासको लागि ३ दिने पुनरताजगी तालिम सम्पन्न

  • हजुरको खवर
  • सोमबार, आश्वीन ११ २०७८ प्रकाशित

मकवानपुरको हेटौंडामा शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत ३ दिने पुनरताजगी तालिम सम्पन्न भएको छ । सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकासको लागि हिमराइट्स मकवानपुरको आयोजना तथा कोर इन्टरनेश्नलको आर्थिक सहयोगमा ३ दिने पुनरताजगी तालिम सम्पन्न भएको हो ।

गत असोज ९ गते ९शनिबार० बाट सुरु भएको तालिम आज सम्पन्न भएको हो । हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाका अनुसार सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत संचालन गर्दै आइरहेको ४ ओटा विद्यालयहरुबाट २र२ जना गरी ८ जना शिक्षकहरुलाई तालिम दिइएको थियो । तालिममा राक्सिराङ–५ स्थित प्रजा जागृती आधारभूत विद्यालयका शिक्षक ऐलिना प्रजा र लालकुमारी योञ्जन, राक्सिराङ–३ स्थित सूर्यदय माध्यमिक विद्यालयका शिक्षक सुविना भण्डारी र सविना प्रजा, मनहरी–३ स्थित प्रजा आधारभूत विद्यालयका शिक्षक निसा सुनार र पुष्प थिङ, मनहरी ६ रुपाचुरीस्थित सगरमाथा आधारभूत विद्यालयका शिक्षक सविना रुम्बा र शान्तिमाया तामाङले सहभागिता जनाएका थिए ।

तालिमको पहिलो दिन ९शनिबार० विद्यार्थीहरुलाई कसरी पढाउने र स्कुलमा पनि अभिभावकको जस्तो व्यवहार कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो भने दोस्रो दिन ९आइतबार० विद्यार्थीहरुलाई कक्षा कोठामा पढाएर मात्रै नहुने भन्दै बाहिरी शिक्षाको पनि आवश्यकता हुने उद्देश्यले मकवानपुरगढी दरबार भ्रमण गराइएको प्रशिक्षक सफल भण्डारीले जानकारी दिए ।

त्यस्तै, तालिमको तेस्रो दिन आज ९सोमबार० प्रशिक्षकहरुले दिएको तालिमको अनुगमन तथा तालिममा सकेका विषयवस्तुमाथि छलफल भएको प्रशिक्षक भण्डारीले बताए । आज भएको समापन कार्यक्रममा हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक वाईबाको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बागमती प्रदेश संयोजक प्रकाश खतिवडा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला संयोजक बुद्ध लामा, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको संजाल मकवानपुरकी सहसंयोजक माया लामा, प्रशिक्ष सफला राजभण्डारीलगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।