विस्तारै सुरु हुँदै मकवानपुरमा खेलगतिविधी-छैठौं राष्ट्रिय हेटौंडा भेन्ट्रास कप प्रतियोगिता हुँदै

  • हजुरको खवर
  • आइतबार​, पौष १२ २०७७ प्रकाशित

 विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको हरेक क्षेत्रहरु बिस्तारै सामान्य स्थितीमा फर्कन थालेको छ । यसै अनुरुप लामो समयसम्म रोकिएको खेल क्षेत्रहरु पनि पुनः संचालनहरु हुन थालेका छन् । 
 हेटौंडामा हरेक बर्ष आयोजना हुँदै आइरहेको भेन्ट्रान्स कप यही माघ ६ गतेदेखि माघ १० गतेसम्म हुने निर्णय भएको छ । २०७२ सालबाट सुरु भएको राष्ट्रिय हेटौंडा भेन्ट्रास कप “८” ए साईड फुटबल प्रतियोगिताको छैठौं भेन्ट्रान्स कप फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।  हेटौंडा ४ मा रहेको हुप्राचौरको खेल मैदानमा हुने भएको छ । हरेक दिन ३ वटा खेल अर्थात ५ दिनमा १५ खेल गरेर समापन गर्ने लक्ष्य लिएको आयोजक टिमले बताएको छ । हेटौंडा भेन्ट्रान्स फुटबल क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुर, जेसिज मकवानपुर, लायन्स क्लब तथा अन्य बिभिन्न संघ संस्थाहरुको सहयोग रहनेछ । 

बिश्वभर माहामरीको रुपमा फैलिएको कारोना भाइरसको कारण यो बर्ष भेन्ट्रान्स कप फुटबल प्रतियोगिता केही ढिला हुन गएको हो । कोरोना माहामारीको जोखिमबाट जोगिनको लागि  माक्स तथा सेनिटाइजर निशुल्क उपलब्ध गराएर खेलाडी, दर्शक तथा खेलपे्रमीहरुको स्वास्थ्यमा पनि उत्तिकै जिम्बेवार बन्ने आयोजक टिमले बताएको छ । 
छैठौं राष्ट्रिय हेटौंडा भेन्ट्रास कप “८” ए साईड फुटबल प्रतियोगिताको लागि देशका बिभिन्न १६ टिप भिड्ने भएका छन् । बिरगंज भेन्ट्रान्स, हाम्रो बिरगंज भेन्ट्रान्स, जितपुर भेन्ट्रान्स, सिमरा भेन्ट्रान्स, कोल्वी भेन्ट्रान्स, चितवन भेन्ट्रान्स, बगरभाई खलक भेन्ट्रान्स पोखरा क, वगरभाई खलक भेन्ट्रान्स पोखरा ख, ए। वि। सि भेन्ट्रान्स क्लब पोखरा, बानेश्वर भेन्ट्रान्स काठमाण्डौं, कैलाली भेन्ट्रान्स काठमाण्डौं, सानोगौचरण नाईट भिजन भेन्ट्रान्स काठमाण्डौं, पशुपति क्लब भेन्ट्रान्स हेटौंडा, विराटनगर भेन्ट्रान्स विराटनगर, हेटौंडा भेन्ट्रान्स क्लब हेटौंडा र सुपर हेटौंडा भेन्ट्रान्स क्लब हेटौंडा प्रतिस्पर्धामा उत्रने छन् ।  
प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११, दोस्रो टिमलाई ५१ हजार १ सय ११ नगद पुरस्कारको व्यवस्था गरिएको हेटौंडा भेन्ट्रान्स क्लब हेटौंडाका अध्यक्ष दिपक राज बज्राचार्यले जानकारी दिए । त्यस्तै सर्वश्रेष्ठ कोच पुरस्कार नगद ५ हजार, सर्वश्रेष्ठ फरवार्ड पुरस्कार ५ हजार, सर्वश्रेष्ठ गोलकिपर पुरस्कार नगद ५ हजार, सर्वश्रेष्ठ डिफेन्स पुरस्कार नगद ५ हजार, सर्वोत्कृष्ठ मिडफिल्ड पुरस्कार नगद ५ हजार र सर्वोत्कृष्ठ खेलाडी पुरस्कार नगद १० हजार को व्यवस्था गरिएको छ । साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको व्यवस्था समेत गरिएको उक्त क्लबका अध्यक्ष बज्राचार्यले बताए । 
प्रथम राष्ट्रिय हेटौंडा भेन्ट्रान्स कप “८” ए साईड फुटबल  प्रतियोगिता देखि पाँचौ राष्ट्रिय हेटौंडा भेन्ट्रान्स कप “८” ए साईड फुटबल प्रतियोगिताका विजयी क्लबहरु क्रमशः चितवन भेन्ट्रान्स क्लब चितवन, चितवन भेन्ट्रान्स क्लब चितवन, सानोगौचरण नाईट भेन्ट्रान्स भिजन भेन्ट्रान्स क्लब काठमाण्डौ, वगरभाई खलक भेन्ट्रान्स क्लब पोखरा र ए। वि। सि भेन्ट्रान्स क्लब पोखरा रहेका थिए ।  
छैठौं राष्ट्रिय हेटौंडा भेन्ट्रास कप “८” ए साईड फुटबल प्रतियोगितामा लगभग ११ लाख रुपैंया लागत लाग्ने अनुमान गरिएको आयोजक टिम हेटौंडा भेन्ट्रास फुटबल क्लबले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।