विभिन्न पार्टी परित्याग गरि बाग्मती गाउँपालिकाका २३ कार्यकर्ता काँग्रेसमा प्रबेश

  • हजुरको खवर
  • बुधबार, पौष २९ २०७७ प्रकाशित

विभिन्न पार्टी परित्याग गरि  बाग्मती गाउँपालिकाका २३ कार्यकर्ताहरु काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काङ्ग्रेस बागमती  गाउपालिका वडा न ६ ले आयोजना गरेको बनभोज कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।  नेपाल कम्युनिष्ट पार्टी, राप्रपा लगायतका पार्टी परित्याग गरि आएकालाई नेपाली कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाले स्वागत गरेका थिए ।

नेकपा परित्याग गर्नेहरुमा राज लोप्चन, कुमार गोले, चेत ब वाइवा, सुमन थोकर, रेल बहादुर भोलन, बेल बहादुर गोले र राप्रपा परित्याग गर्नेमा जित बहदुर सिन्तान, बम बहादुर राना, होम बहादुर राना लगायत २३ जना रहेका छन् । 

विगत लामो समयदेखि पार्टीमा रहेपनी पार्टीले देशका लागि केहि गर्न नसकेपछि पार्टी परित्याग गरेको नव प्रवेशीहरुले बताएका छन । 

वडाका सभापती भिमप्रसाद घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका नेता इन्दिरा न्यौपाने, राजु खतिवडा,भक्तबहादुर राई, डम्बर बि क, सोम घिसिङ, अप्सरा थोकर लगायतको आथित्यता रहेको नेपाली काङ्ग्रेस बाग्मती गाउँ समितिका सचिब तथा  युवा नेता शंकर कुमार पराजुलीले जानकारी दिनु भयो  । 
  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।