वासुदेव मार्ग र चुनिया-नामटार सडकको स्तरोन्नतिका लागि १२ करोडको स्टिमेट

  • हजुरको खवर
  • प्रकाशित

मकवानपुरको मकवानपुरगढीस्थित वासुदेव मार्ग र कैलाश गाउँपालिकाको सदरमुकाम प्रवेश गर्ने चुनिया-नामटार सडकको स्तरोन्नतिका लागि १२ करोड रुपैयाँको स्थलगत सर्वेक्षण र स्टिमेट कार्य सम्पन्न भएको छ।

चालू आर्थिक वर्षमा चुनिया-नामटार सडकका लागि २ करोड १५ लाख ४६ हजार र सहिद वासुदेव मार्गका लागि १ करोड ६२ लाख बजेट विनियोजन भई, चुनिया-नामटार सडकमा काम जारी छ भने वासुदेव मार्गको स्तरोन्नति सम्पन्न भइसकेको छ।

केही दिनअघि एमाले नेता एवं प्रतिनिधि सभा प्रमुख सचेतक महेश बर्तौलाले दुवै सडकका लागि चालू आर्थिक वर्षमा थप ६/६ करोड बजेट विनियोजन भएको जानकारी दिएका थिए। बिहीबार बर्तौलाका स्वकीय सचिव आशिष अस्लामी सडक डिभिजन हेटौंडाका प्राविधिक टोलीसँगै फिल्ड सर्वेक्षणमा खटिएका थिए भने शुक्रबार टोली मकवानपुरगढीको सहिद वासुदेव मार्ग पुगेको थियो।

भीमफेदी गाउँपालिका-९ का वडाध्यक्ष प्रकाश पुडासैनीका अनुसार, गत आर्थिक वर्षमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड रुपैयाँ बजेटबाट चुनिया गुम्बासम्म कालोपत्रे सम्पन्न भइसकेको छ। चालू आर्थिक वर्षमा थप बजेटबाट सडक स्तरोन्नति, घुम्ती सुधार, संरक्षण पर्खाल निर्माण तथा नामटार बजारसम्म कालोपत्रे कार्य पूरा गरिनेछ।

मकवानपुरगढीका पूर्व अध्यक्ष बिदुर हुमागाईंका अनुसार, यस क्षेत्रका सडकहरू ७ मिटर चौंडा स्ल्याब ढलान गरिनेछ। चालू वर्षको १ करोड ६२ लाख बजेटबाट केही काम सम्पन्न भइसकेको छ भने थप ६ करोड बजेटले ह्युम पाइप राख्ने, कल्भर्ट निर्माण गर्ने र सडक स्ल्याब ढलानको कार्य अघि बढाइनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।