वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन

  • हजुरको खवर
  • बिहीबार, जेष्ठ १५ २०७७ प्रकाशित

वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन भएको छ । उहाँको उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो । नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहनुभएका उहाँको ८३ वर्षको उमेरमा निधन भएको हो ।

२०१८ सालदेखि गीत लेख्न सुरु गर्नु भएका थापाले धेरै जसो चलचित्रका लागि पनि गीत लेख्नुभएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेख्नुभएको छ । उहाँका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।