वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौँमा वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अवहेलनाको मुद्दा दायर भएको हो ।
अदालतका अनुसार बिहीबार उदयपुर घर भई काठमाडौँ बस्ने दिलकुमार राईले निवेदन दिएका थिए।
त्रिपाठीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएको आरोप छ।
उनले अन्तर्वार्तामा न्यायाधीशमाथि कार्यक्षमतामाथि प्रश्न उठाएर टिप्पणी गरेको आरोप छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।