वन कार्यालयका प्रमुख पौडेल ४० हजार नगद सहित रङ्गेहात पक्राउ

  • हजुरको खवर
  • आइतबार​, आषाढ ६ २०७८ प्रकाशित

निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ। ४० हजार नगद सहित cfh आइतबार कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो।    

उजुरी निवेदनको आधारमा स्ट्रील अपरेशनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताए। ‘दुई साता अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’ प्रवक्ता रिसालले भने, ‘त्यहि मुद्दा मिलाउन भन्दै लिएको ४० हजार नगद सहित पक्राउ गरिएको हो।’

पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन्। पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।सरिता श्रेष्ठ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।