वडा प्रहरी कार्यालयलाई सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण 

  • हजुरको खवर |
  • हजुरको खवर |
  • शनिबार, जेष्ठ १० २०७७ प्रकाशित

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले कोरोना सचेतना अभियान अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडालाई  सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । हेटौंडा उपशाखाले सक्षम औसधि पसल र सम्पूर्ण औसधि पसल, हेटौंडा १ को सहयोगमा १००० थान सर्जिकल माक्स तथा २.५ लिटर हेन्ड सेनिटाइजर हस्तान्तरण गरेको हो ।

स्वास्थ सामाग्री हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल,  नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति सुर्यचन्द्र न्यौपाने  तथा हेटौंडा उपमहानगरपालिका ४ नं वडाका अध्यक्ष नवीन सिग्देल, सक्षम औषधि पसलका प्रोपाइटर संजिता पोखरेल र सम्पुर्ण औषधि पसलका प्रोपाइटर बब्लु पान्डेयले संयुक्त रुपमा वडाका प्रहरी कार्यालयका निरीक्षक इश्वरि भण्डारीलाई हस्तान्तरण गरेका थिए ।


कोरोनाको महामारिमा २४ घन्टा आफ्नो कार्यस्थलमा खटिनुपर्ने हुदा  जोखिमलाई न्युनिकरण गर्न सहयोग पुग्ने हेतुले नेपाल प्रहरीलाइ सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिए ।स्वास्थ सामग्री उपलब्ध गराउने  सक्षम औषधि पसलका प्रोपाइटर संजिता पोखरेल तथा सम्पुर्ण औसधि पसलका प्रोपाइटर बब्लु पान्डेयले कोरोनाको महामारीमा राष्ट्रसेवक प्रहरीलाइ  स्वास्थ सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको र आबस्यकता भए अझै स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने बताउनु भयो । सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यबाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।