लियो लड बुद्धद्धारा एक लाख १ रुपैयाँको अक्षयकोष स्थापना 

  • हजुरको खवर
  • आइतबार​, श्रावण १८ २०७७ प्रकाशित

लियो क्लव अफ हेटौँडा लडबुद्धले एक लाख १ रुपैयाँको अक्षयकोष स्थापना गरेका छ । मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकाका विद्यालयमा अध्ययनरत जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त अक्षयकोष स्थापना गरेका लियो क्लव अफ हेटौँडा लडबुद्धका बर्ष २०१९÷२० अध्यक्ष राहुल जालानले जानकारी दिनु भयो । लडबुद्धको पदस्थापना कार्यक्रमको अवसर पारि लायन्स क्लव अफ हेटौँडा लडबुद्धका संस्थापक एमजेएफ लायन ज्योतिरत्न बज्राचार्यको ठुलो बुबा हर्षरत्न बज्राचार्यको नामबाट स्वार्गिय हर्षरत्न बज्राचार्य स्मृति अक्षयकोष स्थापना हो । No description available.
यसै लियो क्लव अफ हेटौँडा लडबुद्धले नयाँ नेतृत्व पाएको छ । बर्ष २०२०÷२१ को नेतृत्व लियो विज्ञान केसीले गर्नु हुनेछ । क्लवको ६ औँ साधारणसभाले केसीलाई बर्ष २०२०/२१ को अध्यक्षमा चयन गरेको थियो । क्लवको प्रथम  उपाध्यक्ष मित्र गौतम, सचिव सुवास रायमाझी, कोषाध्यक्ष सोनम लामा चयन भएका छन् । पदस्थापित भएसँगै केसीले नेतृत्व विकासमा जोड दिने बताउदै लियोलाई सबै सामु चिनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । यस्तै लायन्स क्लव अफ हेटौँडा लडबुद्धका अध्यक्षमा लायन महेन्द्र राउत चयन भएका छन् । सम्पुर्ण अथितिहरुले नयाँ कार्यसमिति टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए । No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।