लियो मेट्रोसिटिको लोगो तथा ब्यानर अनावरण

  • हजुरको खवर
  • आइतबार​, पौष २६ २०७७ प्रकाशित

सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको लियो क्लब अफ मकवानपुर हेटौंडा मेट्रोसिटीले एक कार्यक्रमको आयोजना गरि क्लबको लोगो तथा ब्यानर अनावरण गरेको छ ।  क्लबका अध्यक्ष लियो कपिल गौतमको सभाध्याक्षता तथा लायन्स इन्टरनेस्नल ३२५ बि२ नेपालका गभर्नर एम.जे.एफ लायन सम्भु नकर्मीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । 

कार्यक्रममा क्लबको लोगो तथा ब्यानर अनावरण गर्दै गभर्नर  शम्भु नकर्मिले जति क्लब जन्मिन्छन उति सेवाको हातहरु बढ्ने हुँदा सेवाको हातहरु बढाउन आग्रह गर्नु भयो । उहाले लियो क्लब लायन्स क्लबको मेरुदण्ड नै भएको भन्दै  क्लबहरुले उत्कृष्ट कार्यहरु गर्दै जान आग्रह गर्दै सम्पुर्ण क्लबका पदाधिकारीहरुलाई  बधाई तथा शुभकामना समेत दिनु भएको थियो । 

 २० भन्दा धेरै मेम्बर आवद्ध रहेको क्लबले लियो जिल्ला परिषद ३२५ बि २ नेपालको ‘वि फर चेन्ज’ भन्ने मूल नाराका आत्मसात गर्दै शिक्षा स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्ने क्लबका अध्यक्ष कपिल गौतमले बताउनु भयो । 

सो कार्यक्रममा लायन्स क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष हरिकुमार शर्मा,पुर्ब अध्यक्ष सरोज पौडेल,लियो जिल्ला परिषद ३२५ बि २ नेपाल यरिया चिप सुशान्त खतिवडा लगायत विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।