लियो भुटनदेविद्धारा प्रहरी कार्यालय र हेल्थपोष्ट मार्गमा वृक्षारोपण

  • हजुरको खवर
  • बुधबार, श्रावण १४ २०७७ प्रकाशित

लियो क्लव अफ हेटौँडा भुटनदेविले सडकको आसपास हरियाली बनाउने उद्देश्यले हेटौँडा ६ चौगाडा प्रहरी कार्यालय परिसर र हेटौँडा ६ हेल्थपोष्ट मार्गमा वृक्षारोपण गरेको छ । लियो क्लव अफ हेटौँडा भुटनदेविको अध्यक्ष मनोज चौलागाईको सभाध्यक्षता तथा हेटौँडा उपमहानगर पालिका ६ नम्बर वडाका अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । विभिन्न प्रजातिका करिब १५० वटा बिरुवा रोपेको कार्यक्रम संयोजक लियो रमेश देवकोटाले जानकारी दिनु भयो । हरेक बर्ष लियोले वृक्षारोपण कार्यक्रम विभिन्न स्थानमा गर्ने गरेको र यस बर्ष शहर भन्दा गाउँ केन्द्रित वृक्षारोपण गरेको बताउनु भयो । 
प्रमुख अथिति चौलागाईले वृक्षारोपण गरेर वडाको अभियानलाई  साथ दिएको भन्दै क्लवको प्रशंसा गर्नु भयो । देशको मेरुदण्ड भनेको युवा भएको भन्दै युवालाई सहि मार्गमा लैजानको लागि लियोको भुमिका महत्वपुर्ण रहेको उहाँको भनाई रहेको थियो । उहाँले लियोहरुको सेवा अब गाउँ केन्द्रित गर्नको लागि आग्रह गर्दै वडामा र्पाक बनाउन लागेको जानकारी गराउदै सो पार्कमा लियोको सहयोगको अपेक्षा गरेको बताउनु भयो । 
लियो ३२५ बि २ नेपाल रिजन ६ का रिजन चियर प्रशन रुपक कालिराजले लियो गाउँ केन्द्रित भई सेवा गर्नु आजको आवश्यता रहेको बताउनु भयो । गाउँका युवाहरुलाई लियोबारे जानकारी साथै सहि मार्गमा ल्याउनको लागि लियोले भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । 
कार्यक्रममा लायन्स क्लव अफ हेटौँडा भुटनदेविकी अध्यक्ष पुष्पा भट्ट,लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका यरिया चिफ शुसान्त खतिवडा,लियो क्लव अफ हेटौडा भुटनदेविको पुर्व अध्यक्ष अनिल अधिकारी लगायत विभिन्न क्लवका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।