लियो नवलपुर र पाथीभराको खिर खाने कार्यक्रम सुधारगृहमा

  • हजुरको खवर
  • शुक्रबार​, श्रावण १५ २०७८ प्रकाशित

मकवानपुर ÷ नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज हेटौंडा बजार नवलपुर लियो क्लब र हेटौंडा पाथीभरा लियो क्लबको संयुक्त आयोजनामा सुधार गृहमा उपचारत रहेको दाजुभाईहरु सित खिर खुवाएर मनाएको छ । आज एक कार्यक्रमको आयोजना गरि हेटौँडा—११ मा रहेको विज्डम ट्रिटमेन्ट एण्ड रिहाविलिटेशन सेन्टरमा उपचाररत रहेको ५० जना दाजुभाईहरुसंग शुभकामना आदान प्रदान गर्दै खिर खुवायर साउने १५ मनाएको हो ।No description available. लियो क्लव अफ हेटौँडा पाथीभराका अध्यक्ष लियो स्वीकृति केसीको सभाध्यक्षता तथा लायन्स क्लव अफ पाथीभराका वर्ष २०२१÷२१ का अध्यक्ष आभाश अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । No description available.
कार्यक्रमका प्रमुख अथिति लायन्स क्लव अफ पाथीभराका वर्ष २०२१÷२१ का अध्यक्ष आभाश अधिकारीले लियोको कार्यको प्रशंसा गर्दै सुधारगृहमा लियो लायन्सले सहयोग गर्नको लागि आग्रह गर्नु भयो । उहाँले धेरै युवा दाईभाईहरु दुव्र्यसनमा फसिररहेको भन्दै यस तर्फका कार्यक्रमहरु संचालन गर्नु आजको आवश्यकता रहेको उहाँको भनाई रहेको थियो । No description available.
हेटौंडा बजार नवलपुर लियो क्लबका अध्यक्ष लियो सुदिप श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा लायन वर्ष २०२१र२२ का एम्बेस्डर अफ गभर्नर लायन विकेश लाल श्रेष्ठ, लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका डिस्ट्रिक्ट एडभाईजर लियो राजन श्रेष्ठ,सह–सचिव अनिल अधिकारी, जिल्ला निर्देशक शुसान्त खतिवडा,यरिया—कोचिफ रुपक कालिराज, विज्डम ट्रिटमेन्ट एण्ड रिहाविलिटेशन सेन्टरका अध्यक्ष कवि विडारी लगायतले मन्तव्व राख्नु भएको थियो ।
कार्यक्रममा रिजन ६ र ७ का चियर प्रर्सन सुदिन पौडेल र शुभम लम्साल,लायन्स तथा लियोका पदाधिकारी, क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुको समेत उपस्थिति रहेको थियो । मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लवले खासगरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।No description available.
वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसला लगायत चीजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।