लियो क्लव भुटनदेविको पदस्थापना कार्यक्रम सम्पन्न-अध्यक्षमा मेनुका लामा 

  • रुपक कालिराज
  • आइतबार​, श्रावण १७ २०७८ प्रकाशित

लियो क्लव अफ हेटौँडा भुटनदेविको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । लियो क्लवका अध्यक्ष मनोज चौलागाईको सभाध्यक्षता तथा खेलकुद विकास मिमिति मकवानपुरका अध्यक्ष सानु लामाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।  सामाजिक कार्यमा अग्रसर रहदैँ यस क्लब बर्ष २०२०र२१ का अध्यक्ष चौलागाईले आफ्नो कार्यकालमा सवैको सहयोगबाट उल्लेखीय काम गर्न सफल भएको बताउनुभयो । आगामी बर्ष २०२१र२२ का अध्यक्षे मेनुका ब्लोन लामाले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण संगै लामाले २०२१र२२ को लागि अध्यक्ष पदमा रहेर कार्य गर्नु हुनेछ । यस अघिका अध्यक्ष चौलागाईले नव निर्वाचित अध्यक्ष मेनुका लामालाई खादा ओडाएर पद हस्तान्तरण गर्नु भएको हो । पदभार ग्रहण गर्दै लामाले यस बर्षमा गर्ने कार्यह?को विवरण सुनाउनु भयो । उहाँले क्लवलाई देश तथा अन्तराष्ट्रिय सम्म चिनाउने खालका १ सय २० भन्दा बढि कार्यक्रमह? आयोजना गर्ने लक्ष्य लिएको बताउनु भयो । एक्लैले केहि कुरा पनि सम्भव नहुने भन्दै उहाँले विगतको अनुभवलाई संगाल्दै र पुर्व अध्यक्षह?को सल्लाहमा र टिमको सल्लाहमा काम गर्ने बताउनु भयो । क्लबको प्रथम उपाध्यक्षमा निर्मल तिमल्सिना, द्धितिय नरेश प्याकुरेल र तृतिय उपाध्यक्षमा राम्जि श्रेष्ठ चयन भएका छन् । मिटिको सचिवमा डिबि अर्याल,सह—सचिव युवराज, कोषाध्यक्ष सिमा सुनार, सह—कोषाध्यक्ष निस्चल घिमिरे, टेल ट्वीस्टर युवराज विश्वकर्मा, एमसि चियर प्रर्शन सामना तिमल्सिना, मिडिया कोर्अडिनेटर सुरेश गु?ङ, जन सम्र्पक अधिकारी मनिस लामा, आर्थिक संयोजक सतिश मिश्र, मनोरञ्जन संयोजक अनिता थोकर, खेलकुद संयोजक विवेक सिन्तान, कार्यक्रम संयोजक नदिम ऐहेमद चयन भएका छनध्र । सबै चयन भएका पदाधिकारीह?लाई कदर पत्रले सम्मान सहित खादा लगाएर बधाई तथा तथा सफल कार्यकालको शुभकामना समेत प्रदान गरिएको थियो । May be an image of 6 people, people sitting, people standing and indoor
कार्यक्रमका प्रमुख अथिति खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले लियो लायन्सह?ले समाजका दिन दुखिलाई गरेका सेवाका कार्यको प्रशंसा गदै उहाँले समग्र जिल्लाको खेलकुदको बिकासका लागि लियो क्लबसँग सहकार्य गर्न आतुर रहेको बताउनु भयो  । लियोले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै समाजमा शिक्षा स्वास्य, वातावरण, सामाजिक र मानविय सेवाका कार्य उष्कृष्ठ कार्य गरेर समाज ?पान्तरणमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले  खेलक्षेत्रको कार्यक्रमलाई समेत प्राथामिकतामा राखेर कार्य गर्न नव निर्वाचित अध्यक्षलाई आग्रह गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह, हौसला साथ लाग्न समेत अनुरोध गरेका थिए । खेलकुद विकास समिति सदैव युवाह?को साथ रहेको भन्दै सहकार्य गरेर जान तयार रहेको बताउनु भयो । सो कार्यक्रममा लायन्स तथा लियोका पदाधिकरीह? सहभागिता रहेको थियो भने सम्पुर्ण अथितिह?ले नयाँ कार्यसमिति टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।