लायन्स सेन्टिनियलद्धारा भैँसे प्रहरी चौकीलाई हातधुने मेसिन प्रदान

  • हजुरको खवर
  • आइतबार​, भाद्र २८ २०७७ प्रकाशित

मकवानपुरको भिमफेदी गाउँपालिका अवस्थित रहेको भैँसे प्रहरी चौकीलाई खुट्टाको प्रयोग गरि हातधुन मिल्ने मेसिन हस्तान्तरण गरिएको छ । कोरोना भाईरसको जोखिमलाई न्यूनिकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ हेटौँडा भुटनदेवि सेन्टिनियनले सो सामाग्री चौकीलाई सहयोग गरेको हो । 

सो हातधुने मेसिन लायन्स इन्टरनेस्नल ३२५ बि २ नेपालका गर्भनर एम।जे।एफ लायन शम्भु नकर्मीले हात धोएर मेसिको उद्घाटन गर्दै भैँसे प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक कुल बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । कोरोना संक्रमण फैलिरहेको अवस्थामा कोरोना संक्रमण रोकथाम गर्न अनिवार्य हातधुनु पर्ने सन्देश फैलाउन आज भैँसेमा ट्याङ्की सहितको हातधुने मेसिन सहयोग गरिएको अध्यक्ष अग्रवालले बताउनु भयो । 

लायन्स क्लब अफ हेटौँडा भुटनदेवि सेन्टिनियनकी अध्यक्ष मिनु अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष काशिराम बज्यु, लायन्स इन्टरनेस्नल ३२५ बि २ नेपालका सचिव लायन टासी डोल्मा तुम्बाहाम्फे, कोषाध्यक्ष शिव बिडारी, लायन्स इन्टरनेस्नल ३२५ बि २ नेपालका जोन  २९ का का जोन चियर प्रसन निलन बैध, लायन्स क्लब अफ हेटौँडा भुटनदेवि सेन्टिनियनका कोषाध्यक्ष राजाराम कार्की, लायन्स क्लब अफ हेटौँडा भुटनदेवि सेन्टिनियन प्रथम उपाध्यक्ष प्रमोद रानाभाट, लियो क्लव अफ हेटौँडा भुटनदेविका पुर्व अध्यक्ष अनिल अधिकारी, लियो जिल्ला परिषद् ३२५ बि २ रिजन ६ का रिजन चियर प्रसन रुपक कालिराज, लियो क्लव अफ हेटौँडा भुटनदेवि सेन्टिनियल बिजय बजगाई लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।