लायन्स भुटनदेवि बजारका नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

  • हजुरको खवर
  • शनिबार, आषाढ २७ २०७७ प्रकाशित

लायन्स क्लब अफ हेटौंडा भुटनदेवि बजारको वर्ष २०२०÷२१ का लागि निर्वाचित क्लबका सम्पुर्ण पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरि वर्ष २०१९÷२० का पदाधिकारीहरुले बर्ष २०२०÷२१ का पदाधिकारीलाई पदभार हस्तान्तरण गरिएको हो । क्लबकी निवर्तमान अध्यक्ष लायन रजनी तिवारीको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यता,लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालकी सचिव तासी डोल्मा तुम्वाहाङ्फे, क्याबिनेट कोषाध्यक्ष लायन शिव बिडारीको विशिष्ट आतिथ्तामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रमुख अथिति गर्भनर नर्कमीले लायन्सका सदस्यहरु समाजसेवामा निस्वार्थ ढंगले लागिपरेको बताउनु भयो । उहाँले सामाजीक कार्यमा लायन्स सदैव क्रियाशिल हुने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले लामो समय पछि सबैको साथ सहयोगका कारण यस जिल्लाले नेतृत्व पाएको भन्दै यस कार्यकाल सफल बनाउनको लागि सबैको साथ र हातको जरुरी रहेको बताउनु भयो ।उहाँले आफुले धेरै योजना ल्याएको भन्दै नेतृत्व विकासमा र युवाको सवालमा धेरै गम्भिर भई अगाडि बढिरहेको उहाँको भनाई रहेको थियो ।


कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष तिवारीले आफ्नो कार्यकालमा भएका कार्यक्रमको समिक्षा समेत गरिएको थियो ।क्लबले लायन्स वर्ष २०१९र२० मा तिवारीको नेतृत्वमा भिमफेदी कारागारमा लायन्स पुस्तकालय खोल्ने, मकवानपुरका विभिन्न स्थानमा आखाँ शिविर, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको थियो । मकवानपुरको विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको क्लबको नव निर्वाचित अध्यक्ष प्रमिला सिग्देल घिमिरेले समाजका दीन दुःखीहरुको सेवा गर्नको लागि सदैव लागि पर्ने बताउनु भयो । उहाँले लायन्सको मुल मर्म भनेको सेवा गर्नु हो भन्दै सबैको साथ र हौसल्लाको अपेक्षा गरेको बताउनु भयो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।