लायन्स डिस्ट्रीक ३२५ बि २ नेपालको गर्भनरमा मकवानपुरका नकर्मी सहित भट्ट र चन्द विजयी

  • हजुरको खवर |
  • हजुरको खवर |
  • शनिबार, जेष्ठ १० २०७७ प्रकाशित

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ नेपालको आठौं महाधिवेशनले डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गरेको छ । आज शनिबार अनलाईनको माध्यमबाट भएको महाधिवेशनबाट सन्  २०२०÷२१  का लागि डिष्ट्रिक्ट गभर्नर पदमा मकवानपुरका लायन शम्भु नकर्मी विजयी हुनु भएको हो । भने फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा चितवनका लायन राम प्रसाद भट्ट र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन सिबि चन्द विजय भएका छन् । 

लायन नकर्मीले विजयी पछि सामाजिक कार्यमा अझ जिम्मेवारी बढेको बताउदै आगामी दिनमा लायन्स मार्फत अझ सकृयताका साथ सामाजीक कार्य गर्ने बताउनु भयो ।  लायनको भावना लिएर अगाडी बढने बताउदै नर्कर्मीले आफुलाई यस भोट दिएर बिश्वासको मत दिने सबै लायन्सकर्मीहरुमा धन्यबाद प्रदान गर्नु भएको छ ।३९१ क्लवका ६६५ मतदाता मध्ये ५३१ जनाले भोट दिएका थिए । जस मध्ये गर्भनर नकर्मीले ५२४ मत खसेकोमा ३ भोट रद्ध भएको थियो भने ५२१ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर चितवनका भट्टले ५३१ मत खसेकोमा ५१८ प्राप्त गर्नु भयो भने ८ भोट नो आएको थियो । सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर चन्दले ५२२ मत खसेकोमा ५१७ मत प्राप्त गर्नु भएको थियो भने ५ भोट नो प्राप्त गर्नु भएको निर्वाचन अधिकृत पुर्व गर्भनर लायन अनुप प्रताव रानाले जानकारी दिनु भयो । 

लायन्समा सर्वसहमतिमा पदाधिकारीहरुको चयन भएपनि अधिबेशनमा निर्वाचन प्रकृया अनुसार एस भोटकाको आधारमा चयन हुने र खसेको मतमध्ये ५१ प्रतिशत खसेमा गर्भनर पदको जिम्मेवारी नपाउने चलन रहि आएको छ । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था अन्तर्राष्ट्रिय लायन्स क्लबले नेपालमा विद्यालय निर्माण, स्वास्थ्य शिविर, आखाँ अस्पताल निर्माण, भोकोपन निवारण लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।


अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करोड भन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए । 

लायन्समा सर्वसहमतिमा पदाधिकारीहरुको चयन भएपनि अधिबेशनमा निर्वाचन प्रकृया अनुसार एस भोटको आधारमा चयन हुने र खसेको मतमध्ये ५१ प्रतिशत खसेमा गर्भनर पदको जिम्मेवारी नपाउने चलन रहि आएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।