लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालको आठौं महाधिवेशनको पहिलो सत्र सकियो 

  • हजुरको खवर |
  • हजुरको खवर |
  • शनिबार, जेष्ठ १० २०७७ प्रकाशित

मकवानपुर ÷ लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ नेपालको आठौं महाधिवेशन शुरु भएको छ । आज अनलाइन जुम एप्सबाट अधिवेशन शुरु भएको हो । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ नेपाल बर्ष २०१९,२० का गर्भनर अनुप पहारीको सभाध्यक्षता तथा लायन्स क्लव ईन्टरनेशनलको डाईरेक्टर लायन ईञ्जिनियर संजय खेतानको प्रमुख आथित्यतामा भएको हो । प्रमुख अथिति खेतानले लायन्स क्लव समाजसेवा गर्ने संस्था भएकाले यसलाई कुनै पनि राजनितिक थलो, व्यवसायिक थलो नबनाउनु आग्रह गर्नु भयो ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ नेपालको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले आफैले आफेलाई सिक्ने थलोको रुपमा लिदै सामाजिक कार्य तर्फ लाग्न आग्रह गर्नु भयो । कोरोनाले विश्व नै त्रासित भईरहेको अवस्था पनि सडक देखि सरकारलाई सहयोग गरिहरहेको कार्यको प्रशंसा गर्दै सम्पुर्णमा लायनहरुलाई बधाई तथा शुभकामना दिनु भयो । लायन्स अप्ठ्यारो अवस्थामा सहयोग गर्नु नै हामीहरुको दायित्व भएको बताउनु भयो । सबैको साझा संस्था लायन्स रहेको भन्दै हरेक क्षेत्रले गरेको कार्य उदाहरणीय रहेको उहाँको भनाई रहेको छ । Image may contain: 3 people, including Shambhu Nakarmi, indoor
कोरोना भाईरसले गर्दा हजारौँ मानिसको ज्यान गईसकेको भन्दै परीक्षणको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले कोरोना भाईरसले अझै धेरै मानिसको ज्यान जान सक्ने खतरा रहेको भन्दै लायन्सले सरकारलाई सहयोग गर्नु पर्ने वेला आएको बताउनु भयो । कोरोनाले हामीलाई सँधै बाटो छेक्न नसक्ने भन्दै यसलाई जितेर जानुको विकल्प नभएको बताउनु भयो । 


सो कार्यक्रममा लायन्स,लियो तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । साथै लायन्स इन्टरनेष्नल ३२५ बि २ नेपालका बर्ष २०२०÷२१ नयाँ नेतृत्व समेत आज नै चयन हुनेछ । लायन्स इन्टरनेष्नल ३२५ बि २ नेपालका बर्ष २०२०÷२१ गर्भनरका लागि उम्मेद्वार शम्भु नकर्मी हुनुहुन्छ । महाधिवेशनको पहिलो सत्र सकियो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।