रेडियो बुलेटिनले गर्‍यो कृसमस शुभकामना तथा अन्तरक्रिया

  • हजुरको खवर
  • बिहीबार, पौष ९ २०७७ प्रकाशित

इसाइ धर्मावलम्बीहरुको पर्व मेरी क्रिसमसको उपलक्ष्यमा रेडियो बुलेटिन ८९.७ मेघाहर्जले आज बिभिन्न चर्चका पाष्टर तथा इसाइ समाजका ब्यक्तिहरुको उपस्थीतिमा“मेरी क्रिसमसको शुभकामना तथा अन्तरक्रिया” कार्यक्रम गरेको हो । आज रेडियो बुलेटिनको सभाहलमा कार्यक्रम भएको हो । 
कार्यक्रममा बोल्दै नेपाल कोरिया इन्टरनेशनल वाइवल कलेजका प्रिन्सिपल डा विपि खनालले समग्र परिस्थीतिको बिश्लेषण गर्नुहुदै इसाइ धर्मावलम्बीहरुलाई हेर्ने राज्यको नजर अझै पनि बिभेदपूर्ण रहनु खेदजनक भएको बताउनुभयो । आफुहरु बिशुद्ध धार्मिक क्षेत्रमा मात्रै रहनु पर्छ भनेर बस्नाले अझैसम्म पिडित बन्नु परेकोले अब राजनीतिक पहुँच बिस्तार गर्न अग्रसर हुनुपर्ने बाध्यता शुरु भएको बताउनुभयो । 
मकवानपुर इसाइ समाजका सचिव मिलन सेडाईले पैँतालिस हजारभन्दा धेरै जनसंख्या आफुहरुको भएर पनि मकवापुरमा अझै पनि समाधीस्थलहरुको निक्र्यौल हुन नसक्नु दुखद भएको बताउनुभयो । चर्चहरुले बैधानिकता नपाएको बिषयमा आफुहरु लागीरहे पनि निकास निस्कन नसकेको उहाको भनाई छ । 
यसैगरी कार्यक्रममा बोल्दै इसाइ समाज मकवानपुरका उपाध्यक्ष मिलन दंगालले राजनीतिमा पहुँच बनाउन नसक्ने हो भने आफुहरुको यो अबस्थामा सुधार आउन नसक्ने बताउनुभयो । गुठि ऐन अन्र्तगत जादा पनि चर्चले बैधानिकता नपाउदा चर्चका सम्पतिहरुलाई ब्यबस्थीत गर्न समस्या भएको उहाको भनाई छ । 
कार्यक्रमको सभाध्यक्षता गर्दै रेडियो बुलेटिनमा प्रबन्ध निर्देशक अनिल कुमार खातिले रेडियो सबै धर्म समुदायमा बिभेद हुनुहुन्न भनेर सबैलाई स्थान दिएको बताउनुहुदै सबै धर्म,भाषा, संस्कति र बिचारलाई रेडियोले स्थान दिने बताउनुभयो । 
कार्यक्रममा मकवानपुर इसाइ समाजका अध्यक्ष निम्टोल्मा आचार्य, सोलिड्यारिटि इन्टरनेशनल स्कुलमा संस्थापक रिषिराम आचार्य, मकवापुर इसाइ आवाजका अध्यक्ष रामकृष्ण पन्थ, इसाइ समाज मकवापुरका सहसचिव अभिषेक उप्रेति, इसाइ समाज मकवापुरका संस्थापक सचिव अर्जुन लामा, एजि चर्चका पाष्टर कैलास राई लामालयागतको उपस्थीति रहेको थियो । कार्यक्रमको सहजीकरण मसान उपासकले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।