रुकुम हत्या काण्ड : दोषिलाई कारवाहीको माग गर्दै हेटौँडामा नारावाजी सहित प्रर्दशन

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ १६ २०७७ प्रकाशित

दोषीलाई कारबाहीको माग गर्दै मकवानपुरका दलित अधिकारकर्र्मीहरुले आज बागमती प्रदेशको हेटौँडामा प्रर्दशन गरेका छन् । आज हेटौडाँमा पश्चिम रुकुममा नवराज बिक सहित उनका साथि हरुको हत्यामा संलग्न भएकाहरुलाई हदै सम्मको कारवाहीमा माग गर्दै प्रर्दशन गरेका हुन् । 
देशव्यापी रुपमा भईरहेको दलित समुहदाय माथिको वर्वरता पुर्वक कुटपीट, हत्या र अपमान बन्द गर, नवराज बिक र उनका साथीहरुको मृत्यु सहिसत्य छानबिन गर, पिडित पक्षले क्षतिपुर्ति पाउनुपर्ने लगायतको माग गर्दै नारा लगाएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारकर्मी जंगबहादुर विश्वकर्माले जातीय एवं वर्गीय विभेद अन्त्यका खातिर थुप्रै आन्दोलनहरुको दवावमा जातीय छुवाछुतको अन्त्य गर्न राज्य पक्षवाट कागजीे घोषणाहरु त भएता पनि आज सम्म पनि हाम्रो समाजमा जातीय छुवाछुतको कहाली लाग्दो अमानवीय कुप्रथाको अन्त्य हुन नसकेको बताउनु भयो ।उहाँले सामुहिक हत्या काण्डको सत्यतथ्य छानविन गर्न समावेशी र अधिकार सम्पन्न संसदीय समिति गठन गर्दै सामुहिक हत्या गरिएका युवाहरुलाई साँस्कृतिक सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिईनु पर्ने माग गर्नु भयो । सरकारले सहि न्याए गर्र्नु पर्ने भन्दै यदि न्याय नपाएको खण्डमा विरोधको अर्को स्वारुप बदल्निु पर्नेमा जोड दिनु भयो ।  दलित युवा युवती संग अन्तरजातीय विवाहका कारण हुने हत्या, कुटपीट, गाउँ निकाला जस्ता पाशवीक एवं अमानवीय घटनाहरु तुरुन्त वन्द गर्नु पर्ने, संसद लगायत स्थानीय तहमा पदको दुरुपयोग गरी जातीय विभेदका अपराधीहरुको पक्षपोषण गर्ने एवं वचाउ गर्न उद्धतहरुलाई  कडा कारवाही गर्नु पर्ने लगायतको माग समेत राखेका छन् । मकवानपुरका दलित अधिकारकर्मी, दलितको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका अधिकारकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।