रुकुम हत्या काण्डको सत्यतथ्य छानविन नभएमा आन्दोलन शसक्त बनाउछौँ : जंगबहादुर विश्वकर्मा

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ १६ २०७७ प्रकाशित

मकवानपुरका दलित अधिकारकर्मी तथा समाजसेवि जंगबहादुर विश्वकर्माले पश्चिम रुकुममा नवराज बिक सहित उनका साथि हरुको हत्यामा संलग्न भएकाहरुलाई हदै सम्मको कारवाहीको माग गरेका छन् । आज हजुरको खबरसंग कुराकानी गर्दै विश्वकर्माले जातीय एवं वर्गीय विभेद अन्त्यका खातिर थुप्रै आन्दोलनहरुको दवावमा जातीय छुवाछुतको अन्त्य गर्न राज्य पक्षवाट कागजीे घोषणाहरु भएता पनि आज सम्म पनि हाम्रो समाजमा जातीय छुवाछुतको कहाली लाग्दो अमानवीय कुप्रथाको अन्त्य हुन नसकेको बताउनु भयो । 


उहाँले सामुहिक हत्या काण्डको सत्यतथ्य छानविन गर्न समावेशी र अधिकार सम्पन्न संसदीय समिति गठन गर्दै सामुहिक हत्या गरिएका युवाहरुलाई साँस्कृतिक सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिईनु पर्ने माग गर्नु भयो । 


नेपलाको संविधानमा कायम गरिएका दलितका अधिकारहरु छ सो को कार्यान्वय गराउनको लागि अनुरोध समेत भन्दै सरकारले यस घट्नालाई गम्भिर लिनु पर्ने र यदि राजनितिको आडमा घट्नालाई दायाँवायाँ गरेको खण्डमा विरोधको अर्को स्वारुप बदल्ने बताउनु भयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।