राष्ट्रपतिको कार्यालयविरुद्ध सर्वोच्चमा ५ वटा रिट दर्ता 

  • हजुरको खवर
  • बिहीबार, आश्वीन ६ २०७९ प्रकाशित

नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्‍बाट पास भएको विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध रिट परेको हो ।सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता सुनिलरञ्जन सिंहले दर्ता गराएका रिटको पेसी शुक्रबारका लागि तोकिएको छ भने अन्य रिटको पेसी पनि एकैपटक सुनुवाइ हुने गरी शुक्रबारलाई तोक्न लागिएको छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।