राष्ट्रघाती ‘एमसीसी' खारेज गरौँ भन्दै देउवा सरकार विरुद्ध हेटौंडामा प्रदर्शन

  • हजुरको खवर
  • शुक्रबार​, श्रावण १५ २०७८ प्रकाशित

राष्टघाती ‘एमसीसीु खारेज गरौ भन्दै देउवा सरकार विरुद्ध हेटौंडामा प्रदर्शन देउवा सरकारले एमसीसी सम्झौता प्रकियालाई अघि बढाएको भन्दै हेटौंडामा नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विरुद्ध प्रदर्शन गरिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठनहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को विरोध गर्दै संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो । उनिहरुले राष्टघाती ‘एमसीसी खारेज गरौ, सम्पूर्ण नेपाली जनतालाई खोपको व्यवस्था गर,नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीचको ३ बुँदे सहमतिको कार्यान्वयन गर,राष्ट्रिय स्वाधिनताको रक्षा गरौ,महँगी कालोबजारी र भष्टचार अन्त्य गर,मेडिकल शिक्षामा भएको व्यापारीकरण माफियाकरण निजीकरण बन्द’ गर लगाएतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । यसैगरि गरि उनिहरुले यातायातमा वृद्ध गराएको भाडादर फिर्ता गर गर्न तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् । बुद्धचोक नजिकबाट सुरु भएको प्रदर्शन सिमाचोक परिक्रममा गरेर बुद्धचोकमा कोडसभामा परिणत भएको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै विप्लव मकवानपुरका सचिवालय सदस्य एवम् हेटौंडा नगरका सेक्रेटरी सुर्य अर्यालले सरकारले एमसीसी खारेज गर्नुपर्ने बताउनु भयो । पछिल्लो दिनहरुमा एमसीसीको चर्चा भईरहेको बताउँदै एमसीसी सम्झौता राष्ट्रघाती सावित हुने दाबी गर्नुभयो । उहाँले सरकारले शिवम् सिमेन्ट प्रालिसंग दुई अर्ब भन्दाबढीको विद्युत महसुल उठाउन नसकेको तर ५० अर्बको लागि राष्ट्रघाती एमसीसी सम्झौता गर्न अघि बढेको भन्दै सडकमा उत्रिनु परेको समेत बताउनु भयो । सदस्य अर्यालले सरकारलाई नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्न आग्रह गरेका छन् । प्रदर्शन विप्लव निकट अखिल क्रान्तिकारी मकवानपुर,युवा संगठन नेपाल मकवानपुर र राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको हो । प्रर्दशनमा प्रधानमन्त्री देउवा सहित विभिन्न राजनीतिक दलहरुका केन्द्रीय नेताहरुको क्यारिकेच गरिएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।