रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ हेटौँडामा हुने

  • हजुरको खवर
  • बुधबार, कात्तिक ३ २०७८ प्रकाशित

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को हेटौँडामा भेला हुने भएको छ ।  भोलि हेटौँडामा हुने भेलालाई खरेलले संवोधन गर्ने कार्यक्रम तय भएको स्थानीय आयोजक महेश मगरले बताउनु भयो । गत आइतबार काठमाडौंको शान्ति वाटिकामा पत्रकार सम्मेलन गर्दै खरेलले अभियानको घोषणा गरेका हुन् । उहाँले दलहरूले नेपाललाई अफगानिस्तान, सुडानजस्तो बनाउन लागेको भन्दै आफ्नो अभियानले त्यस्ता विषयलाई रोक्ने बताएका थिए । भोली हेटौँडामा हुने कार्यक्रममा अभियानको मकवानपुर जिल्ला समिति समेत घोषणा हुने संभावना रहेको उनको भनाई रहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।