यो देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ : अध्यक्ष केपी शर्मा

  • रुपक कालिराज
  • आइतबार​, श्रावण १७ २०७८ प्रकाशित

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताउनु भयो । आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो’ उहाँले भन्नुभयो । २०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको ओलीले बताउनु भयो ।  एमाले अध्यक्ष ओलीले अघि भन्नुभयो, ‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’ यो भद्दा राजनीतिकरण र अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्र भएको उनले बताउनु भयो । एमाले अध्यक्ष ओलीले यस्ता कदम सच्याउन सरकारलाई खबरदारी समेत गरेका छन् । उहाँले अघि भन्नुभयो, ‘प्रतिवाद पनि गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।