योगदान राष्ट्रको लागि अभियान र अनुग्रह सेवाद्धारा प्राथमिक उपचार दिवसमा दिप प्रज्वलन

  • हजुरको खवर
  • आइतबार​, भाद्र २८ २०७७ प्रकाशित

 मकवानपुर ÷ योगदान राष्ट्रको लागि अभियान मकवानपुर र अनुग्रह सेवा नेपाल मकवानपुरले प्राथमिक उपचार दिवस दिप प्रज्वलन गरेर मनाएको छ । हेटौँडाको मुख्यचोक बुद्धचोकमा भदौ २६ गते साँझ ६ ः ३० बजे र टोलटोलमा ७ बजे दिप प्रज्वलन गरेको योगदान राष्ट्रको लागि अभियान मकवानपुरका संयोजक अभिशेक उप्रेतिले जानकारी दिनु भयो ।कोरोनाको फैलदो संक्रमणका कारण सुरक्षित रहदै सुरक्षा अपनाउन सन्देश दिदैँ कोरोना कहरको वेला विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको चिरशान्ति, संक्रमितकहरुको स्वास्थ्य लाभ, फन्टलाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको योगदानको उच्च सम्मानमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको अनुग्रह सेवा नेपाल मकवानपुरका अध्यक्ष मिलन सेडाईले बताउनु भयो ।  
कार्यक्रममा सम्भावित दुर्घटनाबाट कसरी जोगाउन सकिन्छ र यदि घट्ना घटेको अवस्थामा कसरी जिउज्यान जोगाउन सकिन्छ भन्ने विषयमा जानकारी समेत दिईएको थियो ।  
यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानको मुख्य उद्देश्य रहेको समेत उप्रेतिले बताउनु भयो ।
कोरोना कहर र प्राथामिक उपचारको महत्वका विषयमा चर्चा गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबरका सम्पादक रुपक कालिराज,रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल खाती,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।