यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

  • हजुरको खवर
  • शुक्रबार​, कात्तिक १७ २०८० प्रकाशित

ट्वान्टीं-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा पुग्ने छन् । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा बहराइनले ओमानलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

चोटका बाबजुद खेलेका वृत्या आनन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए । हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए । उनले १६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए ।

नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चिए । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चिए ।

सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।

ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रअघि भएको नेपाल ट्वान्टी-२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।