युवा लिडर अब्दुस मिया भन्छन् ,"नेपाली कांग्रेसका युवा नेताहरुको औकात हेरौँला.."

  • हजुरको खवर
  • आइतबार​, आषाढ ६ २०७८ प्रकाशित

 विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुश मियाँले नेपाली काँग्रेसका युवा नेताहरुलाई खुल्ला चुनौती दिएका छन्। काँग्रेसको महाधिवेशन आउँदै गर्दा अब्दुशले काँग्रेसका कुनै पनि युवा नेतामा नेतृत्वबिरुद्द उम्मेद्वारी दिने हिम्मत नभएको बताएका छन्। मियाँले आफ्नो फेसबुक आईडि मार्फत लेख्दै  १४ औँ महाधिवेशनको तयारीमा रहेको काँग्रेसका युवा नेताहरुको औकात हेर्ने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,"नजाने कहिलेदेखि पार्टी सभापति रहेका र चार पटक प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवा फेरि एक पटक कांग्रेसको सभापतिको उम्मेद्वार बन्ने तयारीमा हुनुहुन्छ।  मलाई कांग्रेसका अधिकांश युवा नेताहरुको हैसियत थाहा छ, त्यसकारण देउवाको विरुद्धमा उम्मेद्वारी दिन सक्ने कुनै युवा उभिएला भन्ने लाग्दैन। कांग्रेस पार्टीमा आफूलाई हुट्टिट्याउँ ठान्ने र आफैँले आकाश धानेको छु भन्ठान्ने अनेक नेता पनि देखेको छु।"

बेलाबखत चिया पसलमा, टेलिभिजन अन्तरवार्तामा अनि क्लबहाउस लगायत फोरमहरुमा युवा नेतृत्व, गौरवशाली कांग्रेस पार्टी सुधार, ईफेक्टिभ लिडरशिप लगायत विषयहरुमा प्रवचन दिने कांग्रेस निकट बुद्धिजीवीहरु अब एकाएक दुलोभित्र छिर्नेछन्। अरे यार१ उनीहरुलाई पनि त आफ्नो औकात थाहा छ नि१ 
यद्धपी, कांग्रेस पार्टी सुधार होस् भन्ने चाहन्छुउहाँले थप्नुभयो, "युवा नेताहरुले अग्रसरता देखाउन् भन्ने चाहन्छु्। गफमा त सबैले गरे, यथार्थमा कांग्रेसको नेतृत्व लिनसक्ने कोहि प्रभावशाली युवा नेता रहेछन् भने हेरौँला र शुभकामना दिउँला भनेर पर्खिरहेको छु।"

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।