युवा पत्रकार न्यौपानेलाई राष्ट्रिय युवा पत्रकारिता पुरस्कार

  • हजुरको खवर
  • बिहीबार, जेष्ठ १५ २०७७ प्रकाशित

दिनेश कार्की

 नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय बाट हरेक बर्ष ६ जनालाई प्रदान गरिने उत्कृष्ट युवा पत्रकारिता पुरस्कार बाट पत्रकार तथा मिडियाकर्मी निरज न्यौपाने पुरस्कृत हुने भएका छन्। नेपाली युवाको हक अधिकार ,युवा स्वरोजगार र उद्धमशिलता,युवा नेतृत्व र सहभागीता किशोरी शसक्तता तथा दिगो विकासका सवालमा अब्बल कलम र आवाज बुलन्द गर्ने न्यौपाने बिगत लामो समयदेखी एसडिजी स्टुडियो को संचालक हुन् भने अनलाइन न्युज पोर्टल पुरै समाचार डटकमका काठमाडौं विशेष संवाददाता भएर कार्य गरिरहेका छन्।

न्यौपाने सहित अन्नपूर्ण पोष्ट दैनिकका गंगा खड्का, हिमाल मिडियाका शुष्मा बराइली, उज्यालो पोष्ट दैनिकका खगेन्द्र अधिकारी, रेडियो नेपालका रत्ना कुमारी चौधरी र सिआइएन गिता चिमोरिया लाई छनौट गरि छ्नौट भएका पत्रकारको नामावली मंगलबार मन्त्रालयले सार्वजनिक गरेको हो। युवा पत्रकारिता पुरस्कार कार्यविधि २०७५ अनुसार पुरस्कार राशी नगद रु. पचास हजार सहित प्रमाण पत्र रहने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।