बागमती गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट ५१ करोड २६ लाख बजेट पेश (हेर्नुहोस् पूर्णपाठ )

  • हजुरको खवर
  • शनिबार, आषाढ २० २०७७ प्रकाशित

मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ५१ करोड २६ लाख २४ हजार ४४० रुपैयाँको बजेट पेश गरेको छ । आज शनिबार भएको गाउँपालिकाको छैठौं गाउँ सभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा सञ्चालित सभामा गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइुन् ।

 गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा  कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट ल्याएको छ । आँफैमा बिकट गाउँपालिका भएकाले जनचेतना अभिबृद्धिसंगसैगै विगतका अनुभव र अहिलेको कोरोना माहामारीलाई ध्यानमा राखेर बजेट निर्माण गरेको पालिकाको उपाध्यक्ष स्याङतानले बताउनु भयो । 

यस्तो छ बागमती गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को निति तथा कार्यक्रम हेर्नुस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।