मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना मृत्यु

  • हजुरको खवर
  • सोमबार, मङ्सिर ४ २०८० प्रकाशित

कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।गम्भीर घाइते भएका कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।स्कुटर पछाडि सवार कार्कीकी श्रीमती लक्ष्मी घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।स्कुटरलाई ठक्कर दिएपछि फरार भएका मोटरसाइकल चालक कञ्चनपुरकै वेदकोट नगरपालिका–१० बस्ने २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।