काठमाडौँको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बाढी पसेर आसपासका सरकारी कार्यालय जलमग्न भएका छन् ।
जिल्ला अदालत अगाडि रहेको मुख्य पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।
यो घटनाले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा समस्या निम्त्याउने अनुमान गरिएको छ । अहिले नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीले डुबान प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि टोली परिचालन गरेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।