सबैलाई कमजोर सोच्ने तिम्रो बानी हुन सक्छ ।
झुक्एिर वा कैले जानीजानी हुन सक्छ ।
मुखमा जे आयो तेहि प्वाक्क नभनिदियकै राम्रो ।
याद गर्ने गर जिन्दगिमा हानी हुन सक्छ।।
तिमीले कमजोर सोचेपनि उ आफ्नै दिलको रानी हुन सक्छ ।
तिम्रो सानो बचनले गर्दा उसको बदनामी हुन सक्छ ।
त्यसैले सबैको भावनालाई कदर गर्न सिक साथी
उ मौनताले भरिएकी ज्ञानको खानी हुन सक्छ ।
तिमीले कमजोर सोचिदिदाँ उसको जाँगर घट्न सक्छ ।
तिम्रो सानो उत्साहले विद्धवान व्यक्ति बन्न सक्छ ।
त्यसैले कमजोरीमा पनि प्रोत्साह र साथ दिने गर साथी
उस्को जिवनको तिमी एक निगरानी पनि हुन सक्छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।