मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४" को ट्यालेन्ट शो सम्पन्न

  • हजुरको खवर
  • मङ्गलबार, आषाढ १९ २०८१ प्रकाशित

सौन्दर्य क्षेत्रको विशेष कार्यक्रम "मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४" को प्रतिभा प्रदर्शन (ट्यालेन्ट शो) सम्पन्न भएको छ। यस प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असार २० गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा आयोजना हुने तय भएको छ।

लामो समयदेखि सौन्दर्य क्षेत्रमा स्थापित मेकअप कलाकार टेकराज पाण्डेको आफ्नै इभेन्ट कम्पनी दक्ष इन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा यो कार्यक्रम हुन लागेको हो। 'मिस ब्युटीफुल नेपाल' को नवौं संस्करण र 'मिसेस ब्युटीफुल नेपाल' को आठौं संस्करण अन्तर्गत आयोजित यस प्रतिभा प्रदर्शनमा दुई समूहका गरी १६ जना प्रतियोगीहरूले भाग लिएका थिए।

निर्णायक मण्डलमा वरिष्ठ गायक तथा गीतकार सीताराम पोखरेल, प्रख्यात हास्य कलाकार उत्तम के.सी., अभिनेता श्रीदेव भट्टराई, अन्तर्राष्ट्रिय सौन्दर्य विशेषज्ञ शशी शाह, मिसेस ब्युटीफुल नेपाल २०२० की विजेता, सौन्दर्यविद् एवं समाज सेविका उर्मिला पन्त भण्डारी, मिसेस ब्युटीफुल नेपाल २०२३ की प्रथम उपविजेता तथा मेकअप कलाकार सुनिता पान्हङ्गो राई र नृत्य निर्देशक रविता मगर सम्मिलित थिए।

राज मेकअप स्टुडियो एण्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा आयोजित यस कार्यक्रमका प्रायोजकहरूमा पूर्णयु आयुर्वेद अस्पताल, कावेरी इन होटल, पाकशाला रेस्ट्रो बार र होटल रहेका छन्।

प्रतिभा प्रदर्शनको व्यवस्थापक समेत रहेकी मेकअप कलाकार गीता उप्रेती (सुप्रिया) का अनुसार प्रतियोगितामा ईश्वरी हमाल ठकुरी, बिपना मल्ल, मेनुका कार्की, सज्जा मिजार, सञ्जिता तामाङ, उर्मिला रेग्मी, जेलिना भट्टराई, इशु सिंह ठकुरी, रमिता बज्राचार्य, विजया अधिकारी, लक्ष्मी कुमारी बस्नेत, अनिशा शेरचन, प्रविण कला राई, लक्षिमा थारु, रञ्जना सखाकर्मी र रितु रुनियार सहभागी रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।