मिस्टर मकवानपुरको तयारी पुरा, शनिबार भव्य रुपमा हुने 

  • हजुरको खवर
  • शुक्रबार​, आश्वीन १२ २०८० प्रकाशित

हेटौंडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा असोज १३  अर्थात भोली शनिवार हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ ।

शनिबार हुन गइरहेको मिस्टर मकवानपुर २०८० मा विभिन्न तीन विधा गरि ५० खेलाडीहरुको सहभागिता रहने कार्यक्रम संयोजक सुनील लोप्चनले बताउनु भयो ।

प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुने संयोजक लोप्चनले बताउनुभयो । साथै प्रतियोगितामा ५५ औ एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजी मा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन रहने बताइएको छ ।

मिस्टर मकवानपुर विधामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने संयोजक लोप्चनले बताउनुभयो । यस्तै मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने उहाँले भन्नुभयो । 

मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने संयोजक लोप्चनले बताउनुभयो । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने महासङ अध्यक्ष राजेश भेटवालले बताउनु भयो ।

साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने उहाँले बताउनु भएको छ । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजे देखी मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित हुने जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।