सप्तरीको राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसबाट मानवबेचबिखन तथा ओसारपसार कसुरमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती गर्ने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार उक्त गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका ६ का ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर महादेवा गाउँपालिका २ का ४१ वर्षीय राम प्रकाश मण्डललाई पक्राउ गरेको हो । यस्तै, पक्राउ परेकाहरुको म्याद थप गरी अनुसन्धान भईरहेको न्यौपानेले बताउनुभयो । गोरखापत्रबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।