महेन्द्र राउत प्रतिवद्धतासहित व्यवसायीमाझमा

  • हजुरको खवर
  • शुक्रबार​, बैशाख ३ २०७८ प्रकाशित

आसन्न मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउतले शनिवार विहान बस्तुगत संघका पदाधिकारी र व्यवसायीहरुसँग भेट गरेका छन् । व्यवसायिक हितको सन्दर्भमा तयार पारिएको २५ बुँदे प्रतिवद्धतापत्र विभिन्न बस्तुगत संघका पदाधिकारी र व्यवसायीमाझ सार्वजनिक गर्ने कार्यक्रम तय गर्नु भएको थियो । राउतले आफुले व्यवसायीको घरदैलोमा नै पुगेर व्यवसायीहरुको सल्लाह, सुझाव संकलन गरिरहेको समेत बताउनु भयो । अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा झिनो मतले पराजित भएको र यसपटक थप तयारीका साथ लागिरहेको बताउँदै उहाँले यसपटक विभिन्न राजनीतिक दल, सामाजिक तथा व्यवसायीक संघ संस्था सबैको सहयोग समेत प्राप्त भएको बताउनु भयो । आफ्नो उम्मेदवारीको विषयमा बजारमा विभिन्न भ्रम सृजना हुने खालमा हल्ला फिँजाइएको भन्दै उहाँले हल्लाको पछी नलाग्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।