महिला नेतृत्वमा रहेको बागमती मावि अब्बल बन्दै-अध्यक्ष गोले भन्छिन्,“मेरो कार्यकालमा विद्यालय हराभरा र शैक्षिक गुणस्तरमा सुधार आउनेछ ”

  • हजुरको खवर
  • बुधबार, पौष २२ २०७७ प्रकाशित

 महिलाहरु सबै क्षेत्रमा अगाडि आउनुपर्छ भन्ने मुद्दा निकै पुरानो हो । त्यसमाथि अहिलेको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गरिदिएको छ । तथापि, अझै पनि नेतृत्व तहमा महिला ‘सपनाप्रायः’ छ । तर मकवानपुरको बागमती गाउँपालिका एक विद्यालयमा भने महिलाले नेतृत्व गर्नु भएको छ  । बाग्मती गाउँपालिका वडा नम्बर २ बागमती माविका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भने अध्यक्ष बच्चु गोले (खड्का)ले गत वर्ष मागबाट ४ वर्षको लागि नेतृत्व समाल्नु भएकी छिन् । No description available.
विद्यालयको नेतृत्व पाएसँगै गोलेले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा पहिलो प्राथामिकता दिन थाल्नु भयो । आफु प्रवेश गर्ने वेलामा विद्यालयको भौतिक संरक्षण नहुँदा निकै समस्या भएको हुँदा पहिलो प्राथामिकता भौतिक तर्फ दिएको बताउनु भयो ।  
अहिले त्यही विद्यालयमा ७ वटा पक्की भवन छन् । अन्य पूर्वाधार निर्माण भईरहेका छन् । उचित शैक्षिक वातावरणका कारण शिक्षक, विद्यार्थी र अभिभावक रमाएका छन् । शैक्षिक गुणस्तरमा विगतको तुलनामा सुधार आएको गोलेको भनाई रहेको छ ।  No description available.
अध्यक्ष गोले भन्नुहुन्छ,“विद्यालयलको नतिजा सुर्धार्नु मेरो काँधमा आएको छ, जिम्मेवारी लिएको छु, अवश्य पुरा गरेर छाड्छ्ु ।” कोरोनाका कारण खस्किएको शैक्षिक गुणस्तर बृद्धि गर्नु र भौतिक संरचना र्निर्माणका लागि धाउनु पर्नेदेखि अनेक झमेलाहरुलाई किनारा लगाउँदै शैक्षिक गुणस्तरियताको सिँढी चढ्न दर्विलो हुनुपरेको छ । गोलेभन्नु हुन्छ, “विद्यालयको अवस्था खस्किँदै गएको वर्तमान अवस्थामा यसलाई बलियो बनाउँदै लैजानु सबैभन्दा ठुलो चुनौती हो ।”No description available.
एक्लै गरेर सफल हुदैन्,सबैको साथ र सहयोग भएमा ४ बर्षे कार्यकालमा विद्यालय हराभरा बनाउने र गुणस्तरमा बृद्धिमा आमुल परिर्वतन गर्ने प्रतिवद्धता समेत राख्नु भएकोछ । केहि महिनैमा विद्यार्थीहरुले फिल्टरबाट शुद्ध गरिएको स्वच्छ पानी पिउन पाउने समेत बताउनु भयो ।
म आउदा शिक्षकको कमीका कारण धेरै समस्या भईरहेको थियो तर अहिले शिक्षकको दरबन्दी पनि पुरा गर्दै छु, । शिक्षक, विद्यार्थी र अभिभावक बीच उचित समन्वय छ ।” ७ सय विद्यार्थी रहेको सो विद्यालयमा कार्यालय सहयोगी गरि २२ जना शिक्षक छन् । No description available.विसं २०१६ सालमा स्थापित सो विद्यालयको पछिल्लो समयमा शैक्षिक गुणस्तरमा बृद्धि हुँदै आएको छ । छात्रको तुलनामा छात्राको संख््या पनि वृद्धि भएको छ ।
विद्यालय प्रधानाध्यापक र्हक बहादुर राईले भन्नुभयो,“सामुदायिकमा पढ्न आउने विद्यार्थीलाई स्तरीय शिक्षा दिनु अत्यावश्यक छ । त्यसका लागि कहीँकतैबाट कञ्जुस्याइँ हुनुहुँदैन।” शिक्षण सिकाइ क्रियाकलापमा आमूल परिवर्तन ल्याएर विद्यालयलाई नमुना विद्यालय बनाउने योजनामा रहेको बताउनु भयो । राई प्रधानाध्यापक भएसँगै कक्षा ११,१२ संचालनमा आएको हो । हाल शिक्षा संकायमा ७० जना अध्यायन छन् । यता अभिभावकहरुले राईलाई प्रअको र गोलेलाई अध्यक्षको जिम्मेवारी दिएपछि यहाँको शैक्षिक अवस्थामा सुधार आएको बताएका छन् । 


विद्यालयमा कम्प्यूटरको अभाव
पाठ्यक्रम विकास केन्द्रले २०७० देखि नै कक्षा ६ बाटमाथि कम्प्युटर शिक्षालाई अनिवार्य गरेको छ । तर कम्प्युटर शिक्षा अनिवार्य भए पनि यस विद्यालयमा भने त्यो कार्यान्वयन भएको छैन । यस विद्यालयमा कम्प्युटर अभावका कारण पठनपाठनमा समस्या भएको गुनासो आएको छ । सरकारले कक्षा ६ देखि ८ सम्म अनिवार्य र कक्षा ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा लागु गर्ने भनिएको छ । तर सरकारले ल्याएको अधुरो शिक्षा नीतिका कारण दुर्गमका विद्यार्थी मारमा परेका छन्। 
कम्प्युटर विषय पढ्न थाले पनि अहिलेसम्म कम्प्युटर चलाउन भने विद्यार्थीहरुले जान्दैनन् ।‘कम्प्यूटरको अभावका कारण प्रयोगात्मक रुपमा सिकाउन समस्या भईरहेको विद्यालयका प्र.अ हर्क बहादुर राईले बताउनु भयो । विद्याथीहरुले भन्छन्,“किताब मात्रै घोक्नुपर्छ,कम्प्युटरको प्रयोगात्मक कक्षा नहुँदा हामी समस्या भयौँ । यस समस्यालाई समाधान गर्नको  लागि गाउँपालिकामा पनि धेरै पटक धाँए तर सुनुवाई नभएको उहाँको भनाई रहेको छ । उहाँले भन्नुभयो,केहिदिन यता प्रमुख जिल्ला अधिकारी  गोविन्द्र प्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख रघु खुलाल लगायतको टिम अनुगमनमा आउनु भएको छ,समस्या हामीले राखेका छौँ,कम्प्यूटर सहयोग गछौँ भनेर जानु भएको छ आशा छ पक्कैपुरा गर्नुहुनेछ ।”   विद्यालयमा सिमित मात्रैमा कम्प्यूटर रहेको र कम्प्यूटर विषय समूह बनाएर पढ्नु पर्ने भएकाले अधिकाश विद्यार्थीले कम्प्यूटर छुन समेत नपाउने गरेकोे गुनासो आएको छ ।No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।