मकवानपुरको मनहरी गाउँपालिकाका २ जना महिलामा कोरोना पुष्टि भएको छ । आज मकवानपुरमा पुष्टि भएका २० जनामा मनहरी गाउँपालिकाका २ जना महिलामा कोरोना पुष्टि भएको हो ।
पुष्टि हुनेहरुमा मनहरी गाउँपालिका वडा नंबर ८ की ३६ वर्षीया महिला र ७ की ३५ वर्षीया महिला रहेकी छन् । पुष्टि भएकी ३६ वर्षीया महिलामा कोरोनाको लक्षण देखिएर स्वाब परीक्षणकोे लागि पठाएको थियो भने ३५ वर्षीया महिलाको परिवारको सदस्यमा संक्रमण पुष्टि भए संगै स्वाब संकलन गरिएर परीक्षणको लागि पठाईएको थियो ।
यो संगै मनहरीमा सक्रिय संक्रमितको संख्या ६ पुगेको मनहरीका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताए । हाल उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको संयोजक अधिकारीले बताए ।
यसअघि मनहरीमा ८ जनामा कोरोना पुष्टि भएको ४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हाल मनहरी आइसोलेसनमा ६ जना उपचाररत रहेका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।