मनहरी गाँउपालिकाको नमुना काम : अशक्त ब्यक्तिहरुले पाउने भए कृतिम हात गोडा

  • हजुरको खवर
  • बुधबार, आषाढ २४ २०७७ प्रकाशित

मनहरी गाँउपालिकामा हात गोडा गुमाएका अशक्त ब्यक्तीहरुको लागी कृतिम हात गोडा बनाइदिइने भएको छ । मनहरी गाँउपालिकाको पुर्ण लगानीमा गाँउपालिका भित्रका विभिन्न कारणले अपाङ्गता भएकाहरुको लागी यस्तो योजना ल्याएको गाँउपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो । 
गाँउपरिषद् बाट १४ लाख ५० हजार बजेट अपाङ्गता ब्यक्तीहरुको लागी विनियोजन गरिएको थियो । उक्त बजेट मध्ये ५ लाख अपाङ्गता साहायता सामाग्री वितरण कार्य थालिएको हो । विभिन्न कारणले आफ्नो  गोडा गुमाएका ५ जना,  हात गुमाएका १ जना र आँखा नदेख्ने १० जना गरी जम्मा ३६ जना शारिरिक अपाङ्गता भएकाहरुको लागी साहायता सामाग्री वितरण गर्न लागिएको छ । 


मनहरी गाँउपालिकाका ४५ का सरन स्याङ्बो जन्मँदै पोलियो रोगको सिकार बनेका थिए । २ बर्षको उमेर भएपछि पोलियो रोगका कारण उनको अन्य शरिरको तुलानामा दाँया गोडा बढ्न छोडेको थियो । यसै कारण स्याङ्बो शारिरिक रुपमा अपाङ्ग बन्न पुगेका थिए । विगत ४३ बर्ष देखि सकसपुर्ण जीवन बिताइरहेका उनलाई साँच्चै उल्लास थपिएको छ । उहाँले भन्नु भयो, “पहिले पहिले यहि कृतिम गोडाको लागी धेरै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा धाउँदा पनि पाउँन सकिएको थिइनँ । अहिले आफ्नै गाँउपालिकाले उपलब्ध गराउन लागेकोमा एकदमै खुसी लागेको छ ।” अपाङ्ग सरोकार सामान्य समितिका उपाध्यक्ष्य समेत रहेका स्याङ्बोले अरु अशक्त ब्यक्तिहरु पनि निकै खुसी भएको बताउनु भयो । शारिरिक अशक्तले पनि समाजमा केही गर्न सक्छन् भन्ने सकारात्मक ज्ञान बाड्ने काम आफ्नो गाँउपालिका ले सावित गरेकोमा सरन स्याङ्बो दङ्ग छन् । 


५ जना गोडा नभएकाको लागी कृतिम गोडा , १ जना हात नभएकाको लागी कृतिम हात तथा १० जना आँखा नदेख्ने दृष्टिबिहिनको लागी १० वटा छडि वितरण गरिने भएको छ । त्यसैगरी अन्य २० जना शारिरिक अशक्तहरुको लागी २० जोर बैसाकी समेत वितरण गरिने भएको छ । मकवानपुर जिल्लाकै पहिलो बालमैत्रि घोषणा समेत भैसकेको मनहरी गाँउपालिकामा विकाशको कामले फट्को मारेको पाइन्छ । गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले आफ्नो पालिकामा बसोबास गर्ने बासिन्दाको हक हितको लागि सदैव लागि पर्ने बताउनु भयो ।उहाँले गाँउपालिका भित्रका सबै समस्याको उपाय खोजी गर्दै समाधान गरेको र अझ केही गर्ने बताउनु भयो । शारिरिक रुपमा अशक्त भएकाहरुको लागि स्थानिय तहबाट साहारा बन्ने कोसिस गरेको उहाँको भनाई छ । 


उक्त गाँउपालिकामा अहिले ८२ जना विभिन्न शारिरिक अपाङ्गता भएका मानिसहरु छन् । ८२ मध्ये अवस्था हेरेर सहयोग गर्न लागीएको हो । उक्त सहयोगको लागी २७ असारमा  हात, गोडाको नाप लिने काम गरिएको अध्यक्ष उप्रतीले बताउनु भयो । उहाँले भन्नु भयो, “हात गोडाको नाप लिने काम सकिएको छ । जतिसक्दो चाँडो उपलब्ध गराएर वितरण गरिने छ । बनाउनको लागि केही समय लाग्ने भएकोले ढिला होला कि जस्तो लाग्छ । सकेसम्म छिट्टै उपलब्ध गराउनेमा तत्पर रहेका छौं ।” गाँउपालिकाका अशक्त मानिसले धेरै समस्या भोक्न नपरेको उहाँले बताउनु भयो।  


यो भन्दा अघि १ लाख बराबरको खर्चमा अपाङ्गता क्षयमता विकास तालिम प्रदान गरिएको छ । त्यसैगरी ५० हजार को वजेटमा बैठक बस्ने तालिम समेत प्रदान गरिएको छ । मनहरी गाँउपालिकाका अपाङ्गता ब्यतmीहरुलाई हिनता बोध नभएको अर्का हात नभएका अशक्त ब्यतmी सानुकान्छा लामाले बताउनु भयो । आफ्नो हात नभएपनि कृतिम हात राख्न पाउने भएपछि धेरै खुसी लागेको लामाले बताउनु भयो । 
ह्ुवील चियर ८३ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।