मकवानपुर भिमफेदीका विपन्न परिवार काफल बेचेर घरखर्च जोहो गर्दै

  • Rupak Kaliraj |
  • हजुरको खवर |
  • बिहीबार, जेष्ठ ८ २०७७ प्रकाशित

बागमती प्रदेशको राजधानी नजिकै रहेको भिमफेदी गाउँपालिकाका स्थानियले वनको काफल संकलन गरि बिक्री गरेर भएको आम्दानीबाट घरखर्च जुटाउने गरेका छन् ।पालिकाको वडा नम्बर ५ माथिल्लो ज्यामिरेको महेन्द्र शिकारीको परिवार यति वेला बनको काफलबाट आम्दानी गरिरहेका छन् । विपन्न परिवारका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ ।


 मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै यस गाउँपालिकाका विपन्न परिवारले अहिले काफल बेचेर मासिक १० दखि १५ हजार आम्दानी गरिरहेका छन् । न्यून आयस्रोत भएका परिवारले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका हुन् । उहाँ जस्तै धेरै पालिकाका मानिसहरु काफल बेच्दै गाउँघर सम्म पुग्न थालेका छन् ।  निम्न आयस्रोत भएका गाउँवासीहरुले यो लकडाउनको वेला बाहिर गएर काम गर्ने बातावरण नभएको र यसैबाट घर खर्च जोहो गर्ने गरेका हुन् । 


दैनिक ३÷४ पाथी काफल बिक्री गर्ने गरेको सिकारीको भनाई छ । काफल बेचेर घरखर्च र वालवालिकालई कापी, कलम किन्ने गरेको उहाँले बताउनु भयो । यसवर्ष असिना पानी त्यति नपरेका कारण पर्याप्त फलेको काफल बेचेर नै वर्ष दिनसम्म घरखर्च पुग्ने गरी आम्दानी गर्ने गरेको बताउँछन् । 


 काफल र आलुचा लगायतका फलफुल पाक्ने याममा ५० हजारसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । पहिला हेटौँडा काठमाण्डौँ ओहरदोहर गर्ने यात्रुहरु कोसेलीको रुपमा काफल लैजाने गरेकोमा लकडाउनले गर्दा घरघरमा जानु परेको बताउनु भयो ।  हेर्नुस् यो अन्तरवार्ता

 

काफल किन खाने, थाहा पाऔ यसका फाइदा‘

काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफल किन खाने, थाहा पाऔ यसका फाइदा‘

– कर्णशूलमा: काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ । 
– अतिसारमा: तीन गर्ाम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ । 
– मासिक धर्ममा: कैसर, कालो तिल र पुरानो गुड(शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ । 
– नेत्र रोगमा: काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जनजस्तै लगाइदिए लाभ हुन्छ । 
– घाऊ-चोटमा: बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ । 
– नपुंसकतामा: काफलको बोक्राको धुलो भैशीका दूधमा पिँधेर सुत्ने बेलामा मणीको भाग छाडेर लिंगमा लगाई सुत्ने र बिहान ऊठेर धुने । यस प्रक्रिया केही दिनमै यौवन फर्केर आऐ झै हुन्छ । हस्तमैथुन गरेर आएको नपुंसकतामा पनि यसले लाभ गर्छ । 
– टाउको दुखाईमा: काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ । 
– दममा: काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ । 
– पेट दुखेमा: काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ । 
– दन्त पिडामा: काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । तीन दिनमा विसेक भएन भने नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।