के.वि.मसाल
मल्लकालिन राजाहरुको पाला देखिनै भारत एवं तराइको भू–भाग बाट उपत्यका जाने मुख्यद्धारको रुपमा रहेको मकवानपुर । राणकालीन अवस्थामा शिकार खेल्ने जंगल देखि लिएर देश विदेशको यात्रामा हिडने भूगोल मकवानपुर । रोपवे देखि लिएर सडक यातायातको सुरुवात गर्ने भूगोल पनि मकवानपुर नै मानिन्छ । मकवानपुरको ऐतिहासिक महत्वको बारेमा चर्चानै गरेर सकिन्न । पहाडी भाग र भित्री मधेशको दुई उपत्यका बाट बनेको मकवानपुर जिल्लाको भूगोल स्थलगत यात्रा गर्ने हो भने बल्ल त्यसको महत्वको बारेमा जान्न सकिनछ ।
नेपालको मध्य भागमा अवस्थित मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम संग जोडिएको छ । ऐतिहासिक काल–खण्डमा मकवानपुर लाई मुकुन्दपुर भन्ने गरिन्थो । कालान्तरमा भन्दै आएको मुकुन्दपुर अपभं्रश हुदै मकवानपुर भएको हो भन्ने जनधारणा रहेको छ । मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । चित्लाङ्, मकवानपुर गढी नेपालका लागि मकवानपुरको मात्र नभएर नेपालकै एैतिहासिक महत्वको धरोहर हुन । इतिहासले के देखाउछ भने मकवानपुर नै त्यो ठाउ जुन स्थानबाट नेपाली सेनाको इतिहास सुरु भएको छ । अग्रेज संगको युद्धमा फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म भएको सेनाको इतिहास छ । साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासग लडेको पनि पहिलो अवसर मकवानपुर बाट भएको थियो ।मकवानपुर जिल्लाको उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृखला र दक्षिण तर्फ करिव ९२ कि.मि. लामो चुरे पर्वत सिवालिक पहाड को काखमा यो जिल्ला फैलिएको छ । राणाहरुको पालादेखिनै राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला काठमाडौं र ललितपुरसग सीमा भएर रहेको छ । सडकको इतिहासमा पहिलो पटक निर्माण भएका त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्वी तथा पश्चिर्मी क्ष्ेत्रका मानिसहरु लाई आवागमनमा अत्यन्त सहज बनाएको थियो । अहिले जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल–हुमानेभञ्ज्याङग–फर्पिङग हुदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ । जसले गर्दा तराईका मानिसहरु काठमाण्डौ उपत्यका आउन जान छिटो र सुविधा पुगेको छ । मकवानपुर जिल्ला देशकै तेस्रो ठूलो औध्योगिक जिल्ला मध्येमा पर्दछ । यहा उत्पादन भएका बस्तुहरुले नेपालका धेरै वजारमा ठाउ ओगटेको छ ।हेटौंडा बजारबाट १८ किलोमिटर पूर्व थुम्कामा रहेको मकवानपुरगढी ऐतिहासिक, सामरिक एवं पर्यटकीय दृष्ट्रिले समेत अत्यन्तै महत्वपूर्ण छ । नेपाल एकीकरणको इतिहास बोकेको र पृथ्वीनारायण शाहको ससुरालीसमेत भएकाले पनि मकवानुरले नेपालको इतिहासमा छुट्टै पहिचान बोकेको पाइन्छ । मकवानपुर कुनै बेला राजधानीको प्रवेशद्धार र राहदानी जारी गर्ने स्थानका रुपमा समेत परिचित थियो । विशाल नेपाल एकीकरण पूर्व मकवानपुर सेनवंशी राजाहरुको अधीनमा थियो । मकवानपुरगढी तिनै सेन राजाहरुको राजधानी थियो । यहांबाट नजिकै पर्ने चिसापानीगढी अग्रेजसंगको युद्धमा सेना तैनाथ गरी युद्ध गरेको स्थान हो । आधुनिक नेपालका निर्माता पृथ्वीनारयाण शाहको सुसराली मकवानपुरगढी, सेनवंशीय राजा मणिमुकुन्द सेनको ऐतिहासिक जुगे दरबार र दरबारक्षेत्र अहिले पनि वीरगाथा सम्झाउने इतिहास लिएर संरक्षण र संवद्र्धनको पर्खाइमा छ ।
इतिहासअनुसार, वि.सं.१७९४ मा तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेन संग तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले विवाह गरेका थिए । त्यस बेला मकवानपुर शक्तिशाली राज्यका रुपमा परिचित थियो । पृथ्वीनारायण शाहले विवाह गरेको दुई सय २५ बर्षपछि वि.सं. १८१९ साल भदौ ९ गते गोर्खाली सेनाले मकवानपुरलाई आफ्नो अधिनमा लिएपछि मकवानपुरगढी एक्लो भएको हो । यो ऐतिहासिक दरबार र गढी एक्लो परेको अहिले दुई सय ४६ बर्ष भइसकेको छ ।
इतिहासकारहरु भन्छन– पाल्पाली राजा मणिमुकुन्द सेनले आफ्नो विशाल राज्यलाई चार भागमा विभाजन गर्दा उनका कान्छा छोरा लोहाङ सेनको भागमा परेको मकवानपुरको राजकाजका क्रममा मकवानपुरगढीको निर्माण १७५० सालतिर राजा तुला सेनले गरेका थिए । हिन्दूपति कहलिएका सेनवंशी राजाहरुको अन्त्यसमेत यसै गढीबाट भएको इतिहासमा उल्लेख छ । यो गढी समुद्रको सतहबाट करिब तीन हजार ६ सय फिट उचाइमा महाभारत पर्वतको दक्षिणतर्फ फैलिएको छ । मकवानपुरगढीमा मुख्य रुपमा दुईवटा गढी छुट्टाछुट्टै छन । राजदरबार रहेको ठूलो गढीलाई मूल गढी भनिन्छ । त्यस्तै, सैनिक परेड खेल्ने र प्रशासनिक भवनसमेत रहेको गढी सानो गढीको नामले परिचित छ । मूल गढीको सुरक्षाका लागि चारैतर्फ करिब २५ फिट अग्लो पर्खाल लगाइएको छ । पर्खालको चौडाइ करिब चार फिट छ भने पर्खालवरपर १० फिट गहिरो खाडलले गढीलाई थप सुरक्षा प्रदान गरेको छ । पूर्व–पश्चिम फैलिएको यस गढीमा राजपरिवार बस्ने दरबार जुगे दरबारका नामबाट परिचित छ । त्यसबेला अपराधीलाई दण्ड दिन कारागारको स्वरुपमा बनाइएको खाल्डो अझै छ । तत्कालीन समयमा ऐनकानुन मिच्नेलाई गहिरो खाडलमा हालेर मार्ने गरिएको बताइन्छ । यस गढीमा ऐतिहासिक एवं सांस्कृतिक महत्वका वस्तु अध्ययनको लागी अझैपनि भेटिन्छ । मकवानपुरगढीको दक्षिणपूर्वमा सेनवंशीय राजासंग सम्बन्धित जमिन अझै छ । सो जमिन रानीसेराको नामले परिचित छ । मकवानपुरे सेन राजा अतयन्तै धनी शासकका रुपमा समेत परिचित थिए । सेनवंशीय शासनकालमा गाडिएको सुनैसुनको ढुकुटी अहिले पनि मकवानपुरगढीमा रहेको विश्वास गरिन्छ ।प्रकृतीक दृष्ट्रिकोणले पनि मकवानपुर जिल्ला धनी जिल्लाको रुपमा लिने गरिएको छ । यहा थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन । मकवानपुर जिल्लाका दुर्गम मानिने गाउँ र बस्तीको भ्रमण गर्ने हो भने त्यहा पाइने शान्त र शीतल वातावरणले जो कोहिको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको थप वातावरणिय सुन्दरता दिलाएको छ ।ऐतिहासिक कुरालाई लिने हो भने सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी, पृथ्वीनारायण शाहको ससुरालीको प्रशगं चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, सिम भन्ज्याङ् र वरपरका पहाडी र्।खलाका डाडाकाडामा पाइने लालीगुरास र सुनगाभाका प्राकृतिक संग्राहालयहरुले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ ।यस जिल्लाको सामाजिक, र्र्र्धािर्मक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थित ढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकाल देखिनै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ । वनबासको क्रममा पाच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीसग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि विस्वास गरिएको छ ।यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका किरात देवास राई जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार बर्ष अघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङग जातिहरुको घिसिङग राजाको दरबार थियो भन्ने मान्यता रहेको छ । हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङग जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ ।
मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन भन्ने एक मात्र प्रमाण चित्लाङग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सभ्राट नेपालको भ्रमणमा आउदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूति, र्गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण रहेको कुरा इतिहासले देखाउछ । मकवानपुर जिल्लाको उत्तरी क्षेत्र मा रहेको पालुङ्, बज्रवाराही, दामन, मार्खु, फाखेल र चित्लाङ् पर्यटकिय क्षेत्रको रुपमा विकास हुन थालेको छ ।
टौखेल–चित्लाङ्–चन्द्रागिरी मात्र १५ कि.मि.को दूरीमा रहेको छ । काठमाण्डौंबाट २२ किलोमिटरको दूरीमा चन्द्रगिरी डाडा पर्दछ । चन्द्रगिरीको डाडाको काखमा रहेको चित्लाङमा पछिल्लो समयमा स्थानीयवासीले होमस्टे र पेईङ गेष्ट अवधारण्ाँमा पर्यटनहरु लाई सेवादिन थालेका छन । चित्लाङ मल्लकालीन इतिहास बोकेको ऐतिहासिक स्थलपनि हो । राणकालीन समयमा चित्लाङ् हुदै मकवानपुरगढी भएर भिमफेदी आवत जावत गर्ने प्रमुख मार्गको रुपमा रहेको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।