मकवानपुर। आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा ३ अर्ब १९ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ८०.२९ प्रतिशत हो।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार, चालु आवको सो अवधिमा ३ अर्ब ९७ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। त्यसको तुलनामा तीन अर्ब १९ करोड ६ लाख २२ हजार रुपैयाँ मात्र संकलन भएको छ।
साउनदेखि पुस महिनासम्मको अवधिमा विभिन्न शीर्षकबाट राजस्व संकलन गरिएको छ:
यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा २८ करोडभन्दा बढी राजस्व संकलन हो। अघिल्लो वर्षको सो अवधिमा ४ अर्ब १४ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो, जसको ७०.७५ प्रतिशत अर्थात २ अर्ब ९३ करोड १३ लाख रुपैयाँ मात्र संकलन भएको थियो।
प्रमुख सुवेदीका अनुसार, चालु आव २०८१/८२ मा ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको छ। कार्यालयमा विभिन्न शीर्षकका करदाताहरू छन्:
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।