मकवानपुरमा क्योकुशिन कराते संघद्वारा बेल्ट वितरण कार्यक्रम सम्पन्न

  • हजुरको खवर
  • सोमबार, माघ ७ २०८१ प्रकाशित

हेटौंडा, मकवानपुर क्योकुशिन कराते संघ बाल कुमारी I.K.U जापान उप-डोजो, हेटौंडा–१३ मा माघ र पुष १३ गते आयोजित बेल्ट वितरण खेल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।  

कार्यक्रममा सहभागी खेलाडी भाइबहिनीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनीहरूलाई ओरेन्ज बेल्ट, एलो बेल्ट, ग्रिन बेल्ट, र ब्राउन बेल्ट प्रदान गरिएको थियो।  

बेल्ट वितरण कार्यक्रम संघका केन्द्रीय उपाध्यक्ष तथा कराते गुरु विष्णु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रशिक्षक  विकास राईलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।  

उक्त कार्यक्रममा खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै कराते संघले आगामी दिनमा अझ उत्कृष्ट खेलाडी उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।