मकवानपुर । नेकपा एमाले, जनसंगठन समन्वय संयन्त्र, मकवानपुरको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले संयन्त्रको बार्षिक कार्ययोजना अनुमोदन गर्नुका साथै जनसंगठन परिचालनका सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ ।
साउन महिनाभित्र सबै जनसंगठनको बार्षिक कार्ययोजना निर्माण, साउन ६ गते पार्टि जिल्ला कमिटिबाट आयोजना हुने पुष्पलाल स्मृति दिवस सफल बनाउन सबै जनसंगठनको उपस्थिती, जिल्ला विपद् ब्यवस्थापन तथा स्वस्यमसेवक विभाग संग समन्वयमा विपद्को घडिमा उद्धार र राहत लगाएत कार्यमा जनसंगठनहरु परिचालित हुनका लागि बैठकले निर्देशित गरेको छ । त्यसैगरी पार्टि जिल्ला कमिटीको सर्कुलर अनुसार असोज मसान्तसम्म अवधि पुगेका सबै जनसंगठनको जिल्ला एवम् पालिका तहसम्म अधिवेशन गर्न समेत बैठकले निर्देशित गरेको छ ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य केदार न्यौपानेले जनसंगठनहरुले वर्गिय एवम् सामुदायिक मुद्धाहरु सम्बोधन गर्दै संगठन विस्तार र पार्टि निर्माणको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी पार्टि केन्द्रीय सदस्य रामेश्वर रानाले जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८ ले संयन्त्र मार्फत जनसंगठन परिचालनको स्पष्ट ब्यवस्था गरेकोले जनसंगठनहरु सोहि अनुसार क्रृयाशिल हुनुपर्ने बताउनुभयो । मिसन–२०८४ लाई सफल बनाउन जनसंगठनको महत्वपूर्ण भुमिका हुने भएको योजनाबद्धरुपमा जनसंगठन परिचालित हुनुपर्ने पार्टि जिल्ला कमिटीका अध्यक्ष श्रीधर पोखरेलको धारणा रहेको थियो ।
संयन्त्रका संयोजक सन्तोष पौडेलको अध्यक्षता एवम् पार्टि केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा पार्टि जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामा, सचिव सिता विष्ट लगाएतले बोल्नुभएको थियो भने संयन्त्रका सह–संयोजक मिलन पाठक, विपद् ब्यवस्थापन तथा स्वयम्सेवक विभाग प्रमुख शिवहरी दाहाल सहित १५ वटा जनसंगठनको ईन्चार्ज, सहईन्चार्ज तथा जिल्ल्ला अध्यक्षको उपस्थिति रहेको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।