मकवानपुरगढी गाउँपालिका वडा न ६ का कृषकलाई कृषक पाठशाला तालिम शुरु भएको छ । प्रशिद्ध कृषक समूहका्े आयोजना तथा सहयोग र सरोकार मकवानपुर शाखाको आर्थिक तथा प्रविधिक सहयोगमा च्याउ कृषक पाठशाला शुरु भएको हो ।
प्रशिद्ध कृषक समूहको अध्यक्ष शिव प्रसाद सापकोटाको सभाध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष टिका प्रसाद दहालको प्रमुख अथित्यतामा भएको हो । सहयोग र सरोकार धुलिखेल कृषि विभागका राजु श्रेष्ठ,समुह प्रतिनिधी केदार बाहादुर बजगाँईको रोहबरमा आठ हप्ते तालिम शुरु भएको हो ।
सो तालिमको सहजीकरण प्रशिक्षक पार्वती राउनले गर्नु भएको थियो । तालिममा च्याउ खेति सम्बन्धी,जानकारी,उत्पादन तथा बजारीकरण बारे जानकारी गराइने लियो क्लव अफ हेटौडा भुटनदेवि सेन्टिनियलका अध्यक्ष विजय बजगाईले जानकारी दिनु भयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।