मकवानपुरका प्रहरीलाई वार्म नेष्ट फाउण्डेशनद्धारा माक्स, सेनिटाइजर र ग्लोप्स सहयोग

  • Suraydeep Bhujel
  • सोमबार, श्रावण २६ २०७७ प्रकाशित

मकवानपुरमा रहेको वार्म नेष्ट फाउण्डेशनले कोरोनाबाट बच्नको लागि प्रहरीलाई माक्स,सेनिटाइजर र ग्लोप्स सहयोग सामाग्री उपलब्ध गराएको छ । आज वार्म नेष्ट फाउण्डेशनका सचिव रिजन सापकोटाको टोलि जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपति नगर र प्रहरी चौकी चौकीटोलमा पुगी करिब १२  
सय थान माक्स, १५ सय पिस ग्लोप्स र ५० थान सेनिटाइजर सहयोग गरेका हुन् । जसमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ७ सय पिस माक्स,२० पिस सेनिटाईजर,१ हजार पिस ग्लोप्स सहयोग गरेको हो भने इलाका प्रहरी कार्यालय पशुपति नगरलाई ३ सय माक्स,२०  थान सेनिटाइजर,५ सय पिस ग्लोप्स सहयोग गरेको बताउनु भयो । त्यस्तै प्रहरी चौकी चौकीटोललाई २० पिस माक्स, सेनिटाइजर १० पिस सहयोग गरेको सचिव सापकोटाले बताउनु भयो ।
No description available.
कोरोनाको महामारिमा २४ घन्टा निरन्तर नागरिकको सुरक्षामा खटिने प्रहरीहरुको मनोबल उच्च बनाउने र कोरोना संक्रमणबाट जोगिनको लागि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेको सचिव सापकोटाले बताउनु भयो । हामीले प्रदान गरेको मास्क प्रयाप्त नभएपनि यसले समाजमा अरुलाई पनि यो अभियानमा लाग्न पे्ररित गर्ने बताउनु भयो । कोरोनाको महामारीमा राष्ट्रसेवक प्रहरीलाई स्वास्थ सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको र आबस्यकता भए अझै स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने संस्थाका आर्थिक विभाग प्रमुख कमल देव गुप्ताले बताउनु भयो । 

सो सामाग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर डिएसपी इन्द्र बहादुर रानाले मास्क सहयोग गरेको भन्दै धन्यबाद दिनुभयो । उहाँले सो मास्क प्रहरी तथा नागरिकलाई समेत सचेताका साथ वितरण गरिने जानकारी दिनुभयो । कोभिड १९ को जोखिम झन् बढ्दै गएको भन्दै उहाँले सबैको सहयोगमा मात्रै जोखिम न्यूनिकरण गर्न सकिने बताउनुभयो ।No description available.
यस्तै इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रमुख देवराज काफ्लेले अति नै आवश्यकता रहेको भन्दै सहयोगी दातालाई धन्यवाद दिनु भयो । उहाँले ंबाहिरी जिल्लाबाट प्रवेश गर्ने नाका नै यहि ठाउँबाट भएको भन्दै कार्यालय अगाडि हातधुने मेसिन र सेनिटाइजर मेसिनको आवश्यता रहेको बताउनु भयो । त्यस्ता सहयोगी दाताहरुको खोजीमा रहेको समते बताउनु भयो । वार्म नेष्ट फाउण्डेशनका प्रमुख बलराम विश्वकर्माको पहलमा सो सामाग्री सहयोग गरेको हो । सो कार्यक्रममा हेटौँडा उपमहानगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबरका सम्पादक रुपक कालिराज लगायतको सहभागिता रहेको थियो । No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।