दोषीलाई कारबाहीको माग गर्दै मकवानपुरका दलित अधिकारकर्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । रुकुम चौरजहारी सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज मकवानपुरमा कार्यरत दलित अधिकारवादी संघ संस्थाहरु आवद्ध रहेको दलित अधिकारकर्मीहरुले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
रुकुम चौरजहारीको नवराज विश्वकर्मा लगायतका साथीहरुलाई यहि जेठ १० गतेका दिन जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विश्वकर्मा लगायतको साथीहरुहरुलाई चौरजहारी ८ का वडा अध्यक्ष डम्वर वहादुर मल्लको नेतृत्वमा हतियारको प्रयोग गरी सामुहिक हत्या गरिएको थियो ।
जातीय एवं वर्गीय विभेद अन्त्यका खातिर थुप्रै आन्दोलनहरुको दवावमा जातीय छुवाछुतको अन्त्य गर्न राज्य पक्षवाट कागजीे घोषणाहरु त भएता पनि आज सम्म पनि हाम्रो समाजमा जातीय छुवाछुतको कहाली लाग्दो अमानवीय कुप्रथाको अन्त्य हुन सकेको अधिकारकर्मीहरुले बताएका छन् ।
मकवानपुरका दलित अधिकारकर्मीहरुले सामुहिक हत्य काण्डको सत्य तथ्य छानविन गर्न समावेशी र अधिकार सम्पन्न संसदीय समिति गठन गर्दै सामुहिक हत्या गरिएका युवाहरुलाई साँस्कृतिक सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिईनु पर्ने माग राखेका छन् ।
त्यस्तै देश व्यापी रुपमा भएका जातीय विभेदका घटनाको दोष्ीिहरुलाई हदै सम्मको कारवाही गर्नु पर्ने समेत ज्ञापनपत्र भनिएको छ । दलित युवा युवती संग अन्तरजातीय विवाहका कारण हुने हत्या, कुटपीट, गाउँ निकाला जस्ता पाशवीक एवं अमानवीय घटनाहरु तुरुन्त वन्द गर्नु पर्ने, संसद लगायत स्थानीय तहमा पदको दुरुपयोग गरी जातीय विभेदका अपराधीहरुको पक्षपोषण गर्ने एवं वचाउ गर्न उद्धतहरुलाई कडा कारवाही गर्नु पर्ने लगायतको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।
यस्तो छ ज्ञापन पत्र
सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधान मन्त्रीको कार्यालय, सिह दरवार, काठमाडौं
मार्फत
श्री प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा
विषय ः— ज्ञापन पत्र
आजको एक्काइसौ शताव्दीको युगमा पनि मानव समाजमा जातीय विभेदको क्रुर, अमानवीय एवं निन्दनीय हत्याका घटनाहरु दिननु दिन घटी रहेका छन् । यसको ताजा सवुद रुकुम चौरजहारी सामुहिक हत्या काण्ड छदैछ । जातीय एवं वर्गीय विभेद अन्त्यका खातिर थुप्रै आन्दोलनहरुको दवावमा जातीय छुवाछुतको अन्त्य गर्न राज्य पक्षवाट कागजीे घोषणाहरु त भएकाछन तर दुखको कुरा आज सम्म पनि हाम्रो समाजमा जातीय छुवाछुतको कहाली लाग्दो अमानवीय कुप्रथाको अन्त्य हुन सकेको छैन । यसको अन्त्य हुन नसक्नुमा सामन्ती प्रणाली र त्यसका मतियारहरु नै प्रमुख जिम्मेवार छन् । देश व्यापी रुपमा जातीय आधारमा जनप्रतिनिधी मारिएका, कुटिएका, अपमानित गरिएका, दलित युवतीहरु वलात्कृत भएका, काजक्रिया गर्नवाट वञ्चित गरीएका घटनाहरु दिन प्रति दिन वढी रहेको छ तर गणतान्त्रिक नेपालको सरकार यी अमानवीय घटनाका दोषी पत्ता लगाई कारवाही गर्न उदाशीन छ र घटनाको ढाक छोप गर्न र अपराधी वचाउन सरकारका विभिन्न अंगका व्यक्तिहरु नै उद्धत छन् ।
यहि १० जेठ २०७७का दिन जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विश्वकर्मा र पश्चिम रुकुमको चौरजहारी ८ की शुष्मा मल्ल वीच लामो प्रेम सम्वन्ध रही विवाहकालागि वोलाईएका विश्वकर्मा लगायत उनका साथीहरुलाई चौरजहारी ८ का वडा अध्यक्ष डम्वर वहादुर मल्लको नेतृत्वमा नवराज विश्वकर्मा लगायत उनका साथीहरुको घरेलु हतियारको प्रयोग गरी सामुहिक हत्या गरिएको नृसंस घटनाको हामी घोर भत्र्सना र निन्दा गर्दछौं । हामी तपशीलका संघ संस्थाका प्रतिनिधीहरु निम्न मागहरु पुरा गर्न सम्माननीय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं ।
तपशिल
१. पश्चिम रुकुम चौरजहारी ८ सोतीको सामुहिक नरसंहारको सत्य तथ्य छानविन गर्न समावेशी र अधिकार सम्पन्न संसदीय समिति गठन गरियोस् ।
२. रुकुम चौरजहारीको सामुहिक नरसंहारका दोषीहरुलाई कडा भन्दा कडा कारवाही गरियोस् ।
३. सामुहिक हत्या गरिएका युवाहरुलाई साँस्कृतिक सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिईयोस् ।
४. देश व्यापी रुपमा भएका जातीय विभेदका घटनाको दोष्ीिहरुलाई हदै सम्मको कारवाही गरियोस् ।
५. दलित युवा युवती संग अन्तरजातीय विवाहका कारण हुने हत्या, कुटपीट, गाउँ निकाला जस्ता पाशवीक एवं अमानवीय घटनाहरु तुरुन्त वन्द गरियोस् ।
६. संसद लगायत स्थानीय तहमा पदको दुरुपयोग गरी जातीय विभेदका अपराधीहरुको पक्षपोषण गर्ने एवं वचाउ गर्न उद्धतहरुलाई कडा कारवाही गरियोस् ।
.
ज्ञापन पत्र पेशकर्ता संघ संस्थाहरु
गणेश रसाईली
गोपीलाल विश्वकर्मा नेपाल दलित संघ
जंग वहादुर विश्वकर्मा नेपाल दलित मुक्ति संगठन
युक्तलाल विश्वकर्मा नेपाल दलित मुक्ति संगठन
केशव रसाईली नेपाल दलित मुक्ति संगठन
रत्नलाल विश्वकर्मा नेपाल दलित मुक्ति संगठन
राम वहादुर नेपाली नेपाल दलित मुक्ति संगठन
कल्पना विश्वकर्मा
कमल कुमार विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ, वाग्मति प्रदेश
गोविन्द विश्वकर्मा मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र, नेपाल
अनिल विश्वकर्मा नेपाल दलित संघ
अमिक परियार नेपाल दलित संघ
इश्वरी रसाईली नेपाल दलित मुक्ति संगठन
समिता रसाइली नेपाल दलित संघ
रुपा सिञ्च्युरी नेपाल दलित संघ
मिलन परियार नेपाल दलित संघ
अम्विका विश्वकर्मा नेपाल दलित मुक्ति संगठन
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।