भेटघाट र भातृत्व वृद्वि गर्न संचारकर्मीहरुको वनभोज

  • हजुरको खवर
  • शनिबार, बैशाख ४ २०७८ प्रकाशित

मकवानपुर ÷ सञ्चारकर्र्मीहरुबीच भेटघाटका साथै र भातृत्व अनि सदाचार वृद्वि गर्ने उद्देश्यले आयोजना गरेको वनभोज कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरले आज शनिबार हेटौंडाको बनस्खण्डी मन्दिरमा वनभोज कार्यक्रमको आयोजना गरेको हो । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको वनभोज कार्यक्रमको औपचारिक समारोहका बीच महासंघलाई सहयोग गर्ने दाताहरु र केहीदिनअघि मात्र निर्वाचन सम्पन्न गराउन योगदान गर्ने निर्वाचन समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो । महासंघलाई सहयोग गर्ने व्यवसायी महेन्द्र राउत, कृष्णकुमार गुप्ता अग्रवाल, सहयोगी मन नेपालका केदारप्रसाद चौलागाईलाई सम्मानपत्र प्रदान गरिएको थियो । 
साथै चैत २५ गते भएको महासंघको ११ औं अधिवेशनमा निर्वाचन समिति संयोजक रहेका धु्रवप्रसाद चौलागाई, सदस्य मधु आचार्य र ऋषि केबीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश उपाध्यक्षद्वय रुपेश दुलाल, नानीमैयाँ कार्की सम्झना, प्रदेश महासचिव कृष्ण सारुमगर, महासंघ मकवानपुरका पूर्वअध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, नेपाली कांग्रेस मकपवानपुरका प्रवक्ता प्रदिप कोइराला, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’, प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापा, प्रेस चौतारीका प्रदेश सदस्य रिपेश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।