भीमफेदी–कुलेखानी–सडकखण्डका होटलहरुमा रोकिएन बालश्रम शोषण-पढ्ने बेलामा होटलमा गुलामी

  • हजुरको खवर
  • आइतबार​, मङ्सिर ७ २०७७ प्रकाशित

हेटौंडा ÷ हेटौंडा – भीमफेदी – काठमाण्डौंको यात्रा गर्दा हेटौंडा–काठमाण्डौंबाट छुटेका टाटासुमोहरु खाजा खानको लागि देउराली, गढि र सिस्नेरी लगाएतका होटलहरुमा रोकिने गरेका छन् । दुवैतर्फबाट बिचको दूरीमा होटलहरु रहेका कारण शौचालय जान तथा खाजा नास्ताको लागि सुमोमा यात्रा गर्दा रोक्ने गरिएको छ । खाजा नास्ताको राम्रो प्रबन्ध रहेको होटलहरुमा मालिकहरु सामान बेच्न तथा पैसा लिनको लागि काउन्टरमा बस्छन् । जब सुमोहरु होटलको आँगनमा आएर रोकिन्छन् तब होटलमा काम गर्न बसेका १० देखि १५ बर्ष सम्म उमेरका बालकहरु सुमो धुनको लागि साबुन लिएर अघि बढ्छन्, भने बालिकाहरु खाजा नास्ताको अर्डर लिन टेबुल ÷ टेबुलसम्म पुग्ने गरेका छन् । 
भीमफेदी गाउँपालिका ६ नम्बर वडाको सिस्नेरीमा रहेको होटल कुमारीमा भाडा माझ्ने, गाडी धुने, खाजा बनाउने लगायतको काम गरिरहेको अवस्थामा ५ जना बालबालिका भेटिए । उमेर ८ बर्षदेखि १५ बर्ष सम्मका बालबालिकाहरु काम गरिरहेको पाइयो । ५ बर्ष देखि १८ बर्ष उमेर समुहका मानिसहरुलाई बालबालिका भन्ने गरिन्छ । कानुनमा बालश्रमको उपयोग गर्नको लागि निषेध गरिएको छ । यदि कोही कसैले आफ्नो फाइदाको लागि जर्बजस्ति बालबालिकाहरुलाई श्रमिकको रुपमा काम लगाइएको पाइएमा प्रचलित कानुन अनुसारको कारवाही गरिने नेपालको कानुनमा उल्लेख गरिएको छ । तर कानुनमा जसरी परिभाषित गरिएको छ, त्यसरी कार्यान्वयन भने हुन सकेको छैन । 
होटल कुमारीमा भाडा माझ्ने काम गरिरहेकी अन्दाजी ११ बर्षिया बालिकालाई हामीले उनको नाम सोध्ने प्रयास गरौं । तर उनको होटल संचालक मालिकले उनको बोली खुल्न दिएनन् । उनले मेरो नाम भन्ने बित्तिकै साहुले काउन्टरबाटै उनलाई गाली गर्न थाले । त्यसपछि नाम  सुन्न त परैको कुरा उनी सो होटलमा सित्तैमा काम गर्छिन् कि पैसामा भन्ने कुरा समेत पत्ता लगाउन सकिएन । 
त्यस्तै उनी भन्दा साना उमेरका बाबुनानीहरु पनि २ ÷ ३ जना थिए । मंसिरको महिनामा लेकको चिसो पानिले भाडा माझ्दा हातहरु एकदमै निलो भैरहेको सजिलै देख्न सकिन्थ्यो । शरिरमा ढपक्क ढाक्नेगरि कपडा समेत लगाएका थिएनन् । चिसो मौषममा पनि उत्तिकै तात्तिएर काम गर्नुपरिरहेको प्रष्टै देखिरहेको थियो । एकातिर कामको चाप अर्कातिर होटल साहुको निगरानी र दबावका कारण बालअधिकार हनन भैरहेको पाइएको छ । 
सोधिखोजी गर्न खोज्दा झर्को मान्दै नाम समेत भन्न नदिएर सबै बालबालिकाहरुलाई गाली गर्दै हप्काएर घर पठाउँदै गरियो । अझ सबै हाम्रै आफन्त हुन् । स्कुल बिदा भएको समयमा काम सघाउनको लागि मात्रै आएका हुन् भन्दै कुरा लुकाउने प्रयास गरियो । तर रहेक दिन बालबालिकाहरु श्रममुलक काम गर्न बाध्य भैरहेका छन् । रहरले भन्दा पनि बाध्यताले काम गर्न परिरहेको सो बालबालिकाको आँखाको भाव सजिलै पढ्न सकिरहेका थियौं । होटलमा भाडा माझ्ने देखि गाडी धुने सम्म काम गरिरहेका बालबालिकाहरु प्रायः आमा बुवा गुमाएका, गरिबीका कारण खान लाउन समस्या भएका तथा परिवारको करकापका कारण काम गर्न बाध्य भएको बुझिएको छ । 
हेटौंडा – भीमफेदी – कुलेखानी – सडकखण्डमा कम्तीमा पनि १ सय भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । प्राय धेरैजसो होटलहरुमा काम गर्नको लागि बालबालिका राखिएको देख्न सकिन्छ । तर पनि बालबालिकाको अधिकारको लागि क्रियाशिल सरकारी संस्था तथा गैर सरकारी संस्थाहरुले प्रभावकारी काम गर्न नसकेको हो कि भन्ने सर्वसाधारणको धारणा छ । 
यता भीमफेदी गाउँपालिका ६ नम्बर वडाका वडाअध्यक्ष सिताराम थापामगर आफुहरुले पटक ÷ पटक बालबालिकाहरुको श्रमशोषण नगर्न आग्रह गर्दा पनि अटेर गर्ने गरेको बताउँछन् । दुई पटक सम्म पालिकाको हलमा ल्याएर चेतना अभिबृद्धिका लागि कक्षा नै सञ्चालन समेत गरेका थियौं, उनले भने । “होटलमा काम गराउनको लागि मनहरी, राक्सिरा∙, कैलाश लगाएतका विकट ठाउँका अभिभावक गुमाएका बालबालिकाहरु ल्याउने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट समेत अनुगमन गर्ने गरिएको छ । तर हामीले अनुगमन गर्दा मात्रै केही बालबालिका हटाउने र केही दिन बितेपछि पुनः काममा लगाउने गरेको पाइएको छ, वडाध्यक्ष थापामगरले बताए ।” बालश्रम शोषण गरेर सञ्चालनमा रहेका होटलका संचालकहरुलाई कारबाहीको दायरामा ल्याउनको लागि अब अझै नयाँ कदम चालिने वडाध्यक्ष थापामगर बताउँछन् । 
बालबालिकाले एक समृद्ध मानव जीवन जिउनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरू नै बाल अधिकार हुन् । बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, खेलकुद तथा मनोरञ्जन, माया स्नेह, आप्mना विचार तथा भावनाको अभिव्यक्ति, आप्mनो संस्कृति तथा धर्म मान्ने एवं कुनै पनि किसिमका जोखिमहरु बाट सुरक्षा पाउने तथा कुनै पनि किसिमका हिंसा, दुव्र्यवहार, भेदभाव एवं शोषण भएका अवस्थामा न्याय र संरक्षणका व्यवस्थाहरू बालबालिकाका मौलिक अधिकारहरू हुन् । यी सुविधा वा दया होइनन् । बाल अधिकारका व्यवस्थाहरुलाई सहजतापूर्वक बुभ्mन तथा कार्यान्वयनमा ल्याउनका लागि चार विभिन्न क्षेत्रमा हेरिने गरेको छ । 
बालबालिकालाई सुरक्षित जन्म, स्वस्थ दिगो जीवनका लागि खोप, स्वास्थ्य उपचार, मातृशिशु, स्याहारजस्ता कुराहरुलाई बाँच्न पाउने अधिकारका रूपमा उल्लेख गरिएको छ । बालिकाहरूले बिना भेदभाव शिक्षा, मनोरञ्जन, खेलकुद, तालिम एवं प्रशिक्षण जस्ता शारिरिक एवं बौद्धिक विकासका अवसरहरूमा सहभागी बालबालिका, बाल अधिकार र बाल संरक्षण पहिलो एकाइ बाल अधिकार महासन्धिको धारा १ ले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका परिभाषित गरेको छ । 
देशको जनसांख्यिक अवस्था हेर्दा, नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् । जनसंख्याको ठुलो हिस्सा युवाले ओगटेको अवस्थामा राष्ट्रको विकासका लागि बालबालिका र किशोरकिशोरीमा लगानी गर्नु महत्वपूर्ण हुन्छसमग्र गरीवी घट्दै गएको भएतापनि दुई तिहाई बालबालिका सातमध्ये कम्तिमा एक आधारभूत आवश्यकताबाट बन्चित छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरु मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो जसको मानव विकास सुचकांक छैठौं न्यून स्थानमा छ । यसका अतिरिक्त धन, भुगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ । अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौं अधिकारहरूबाट बन्चित पनि भएका छन् ।
यस्ता अभावहरूले पूर्ण क्षमताको वयस्क बन्न सक्ने बालबालिकाको सम्भावनालाई प्रतिकुल असर पार्दछ जसले गर्दा उक्त अभावहरू पछिल्लो पिढींसम्म सर्ने सम्भावना रहन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।