मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना भएको छ । आज दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्घटनामा ६ जनाको घट्ना स्थलमै मृत्यू भएको र थप एक जना उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले बताउनु भयो ।
मृत्यु हुनेहरुमा ३ जना महिला, २ जना पुरुष र २ जना बालबालिका रहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनु भयो । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन । काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । सो बसमा ३५ जना सवार रहेको प्रहरी निरीक्षक कार्कीले बताउनु भयो । अन्य घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । उक्त दुर्घटनाबारे पुरै विवरण आउन बाँकी छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।